पृथ्वी राजमार्ग बस सञ्चालक समितिको अध्यक्षमा पुनः साई

Share:

रञ्जन अधिकारी पोखरा २९, साउन / पृथ्वी राजमार्ग बस सञ्चालक समितिको अध्यक्षमा पुनः ऐनकुमार साई चयन भएका छन् । समितिको ४४ औं साधारणसभा तथा अधिवेसनले साई सहित प्रमुख चार पद सर्वसम्मत चयन गरेको हो । बरिष्ठ उपाध्यक्षमा बिज्ञान श्रेष्ठ, महासचिवमा योगेन्द्र बहादुर केसी र कोषाध्यक्षमा जसबहादुर गुरुङ पुरानै अनुहारलाई सर्वसम्मत चुनियो । महासचिव पद र ३ बर्षे कार्यकाल यसै साधारणसभाले पारित गरेको हो । यसअघि, एक समितिको दुई वर्षे कार्यकाल थियो ।

अन्य पदको भने निर्वाचन भएको नवनिर्वाचित महासचिव योगेन्द्र केसीले जनाए । उपाध्यक्ष, कोषाध्यक्ष, लेखा संयोजक सहित सदस्य पदको मतगणना जारी छ । राति १२ बजेसम्म नतिजा आईसक्ने केसीले जानकारी दिए ।

मुख्य चार पदमा अन्यको दाबी नपरेपनि अन्य पदमा भने कडा प्रतिष्पर्धा भईरहेको छ । उपाध्यक्षमा ज्ञानबहादुर केसी, मोहन कोईराला, भरत मल्ल र कुलराज गुरुङ उठेका छन् । सचिवमा जयप्रसाद शर्मा र प्रकाश गौतम, सहकोषाध्यषमा ओमप्रकाश कार्की र कृष्ण श्रेष्ठ तथा लेखा संयोजकमा रेशम थापा र धर्म अर्याल चुनावी मैदानमा छन् । ८ सदस्य पदका लागि १९ जना होमिएका छन् ।

जम्मा ११ सय जना मतदाता सङख्या भए पनि ९ सय ६७ जनाले नविकरण गरेको केसीले जनाए । जसमध्य ८ सय ८७ जनाले मतको प्रयोग गरेका हुन । साधारणसभाको बुधबार उद्योगमन्त्री कर्णबहादुर थापाले उद्घाटन गरेका थिए ।

Photo: Dinnath Baral

कमेन्ट गर्नुहोस्
Share: