पोखरा आउँदै गरेको बस दुर्घटना हुदा २ जना घाइते

Share:

पोखरा २० भाद्र । पोखरा महानगरपालिका वडा नम्बर २७ मा यात्रुबहाक बस दुर्घटना हुदा २ जना घाइते भएका छन् । लेखनाथबाट पोखरा आउँदै गरेको ना ५ ख १४८६ नम्बरको बस अचानक तल खेतमा खस्दा दुर्घटना भएको प्रहरीले बताएको छ ।

घाईते दुवैको हालसम्म परिचय खुल्न सकेको छैन । घाइते दुवै जनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । साथै सवारी साधन र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

FILE PHOTO

कमेन्ट गर्नुहोस्
Share: