टान पोखरा च्याप्टरको अध्यक्षमा शर्मा, स्वास्थ्यमा जस्तै पर्यटन क्षेत्रमा पनि सहुलियत चाहियो : धमला

Share:

रञ्जन अधिकारी पोखरा, ३० साउन /टे«किङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) पोखरा च्याप्टरको अध्यक्षमा रामचन्द्र शर्मा निर्वाचित भएका छन् । च्याप्टरको शुक्रबार सम्पन्न १३ औं अधिवेशन तथा २१ औं साधारणसभाले दुई वर्षे कार्यकालका लागि शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

प्रथम उपाध्यक्षमा दीपकराज अधिकारी, द्वितीय उपाध्यमा हरि भुजेल, सचिवमा विनय आचार्य, सहसचिवमा यदु पोख्रेल, कोषाध्यक्षमा ईन्द्रमान चौहान तथा सदस्यहरुमा विश्वराज अधिकारी, कृसमकुमारी गुरुङ, कृष्णप्रसाद आचार्य, धर्मराज पन्थी, श्याम थापा र सुरेश लम्साल निर्वाचित भए । सहसचिव पोख्रेल सर्वसम्मत चयन भएपनि अन्य पदमा भने निर्वाचनबाटै टुंगो लागेको हो । अध्यक्षमा शर्माले पुरुषोत्तम पहारी र भोजकुमार श्रेष्ठलाई पराजित गरे । प्रथम उपाध्यक्षमा दीपकराज अधिकारीले डम्बरराज अधिकारी, धर्मराज थापा र देवीदास श्रेष्ठलाई पछि पारे । द्वितीय उपाध्यमा भुजेलले पासाङ ग्याल्जेन शेर्पा भन्दा धेरै मत प्राप्त गर्दा सचिवमा विनय आचार्यले शुशिलदास पौडेललाई हराए । कोषाध्यक्षमा चौहानले दिवस लामिछाने भन्दा अधिक मत प्राप्त गरे ।छ सदस्यका लागि १० जनाबीच प्रतिष्पर्धा भएको थियो । दुई सदस्य पछि मनोनित गरिनेछ ।

यसअघि, अधिवेशनको उद्घाटन गर्दै केन्द्रिय अध्यक्ष रमेश धमलाले सरकारले स्वास्थ्य क्षेत्रमा जस्तै पर्यटन क्षेत्रमा पनि सहुलियत दिनुपर्ने माग गरेका छन् । धमलाले पर्यटन व्यवसायमा करको दर कम गर्न पनि सरकारसँग आग्रह गरे ।

उनले पर्यटकीय स्थलको पहिचान भएपनि त्यसको बजारीकरण गर्न नसकिएको स्वीकार गर्दै बजारीकरण गर्न टान लागि परेको दावी गरे । ‘टे«किङ एजेन्सी बढ्ने दर तिव्र छ, त्यसैले नयाँ पर्यटकीय गन्तव्यको पहिचान र बजारीकरणलाई ध्यान दिनु जरुरी छ’ उनले भने– ‘पर्यटन क्षेत्रमा सरकारले सहुलियत दिएमात्र यसको विकासमा थप टेवा पुग्नेछ ।उनले पर्यटन बोर्डमा भएको अनियमितता विरुद्ध थालिएको आन्दोलनलाई टुङ्गोमा पु¥याएर छाड्ने अठोट समेत गरे ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नीजि क्षेत्र चाहे अनुसार परिमार्जित हुन नसकेको बताए । उनले निजी क्षेत्रको चुनौति भनेको कामप्रतिको महत्व र समाजमा देखाउनु पर्ने क्षमता उजागर गर्न नसक्नु रहेको उल्लेख गरे ।

टान पोखरा च्याप्टरका अध्यक्ष नारायण सापकोटाको अध्यक्षतामा भएको उद्घाटन सत्रमा वर्ष २०१३÷१४ को उत्कृष्ट कर्मचारीबाट सिता अधिकारीलाई नगद पाँच हजारसहित सम्मान गरिएको थियो । टानले आफ्नो वार्षिक कार्यक्रममा पर्यटक सुचना व्यवस्थापन प्रणाली टिम्सलाई अझ व्यवस्थित गर्नुका साथै अन्नपूर्ण क्षेत्रमा थप चेकपोष्ट स्थापना गर्ने योजना बनाएको सचिव डम्बर अधिकारीको प्रतिवदेनमा उल्लेख छ ।

अन्र्तराष्ट्रिय बजारमा पोखरा र आसपासको प्रवद्र्धन गर्न तथा नयाँ पदयात्रा क्षेत्रको बजारीकरण गर्न तेस्रो मुलुकमा प्रमोशनल टुर पनि गर्ने भएको छ । गैरकानुनी रुपमा संचालन भएका पदयात्रा गतिविधिलाई न्यूनिकरण गर्नका लागि कडाका साथ नीति नियम लागू गराउन सम्वन्धित निकायसँग माग गर्नका साथै पदयात्रा पर्यटनसँग सम्वन्धित ऐन र नियमलाई समयानुकुल संशोधन गना पनि सम्वन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।टान क्षेत्रीय संघको इतिहासलाई समेटेर स्मारिक प्रकाशन गर्ने योजना सचिवको प्रतिवदेनमा छ ।

धौलागिरी आइसफल ट्रेकिङ रुटमा पूर्वाधार निर्माण तथा माछापुच्छे« मोडल टे«क हुँदै मर्दी हिमालदेखि ब्याम्बोसम्मको पदयात्रा मार्गमा पूर्वाधार निर्माण एवम् अन्नपूर्ण आधारशिवर क्षेत्रको ब्याम्बोमा मोदी खोला माथि झोलुङ्गे पुल निर्माणका लागि सम्वन्धित निकायसँग आवश्यक पहल गरी निर्माण गर्ने योजनामा टानले बनाएको छ । पुराना तथा नयाँ सम्पूर्ण पदमार्गको नक्साङ्कन गरी ‘ट्रेकिङ लिटनेरी’ सहितको एक पकेटबुकलेट निर्माण गरिने सदस्य विश्वराज अधिकारीले बताए ।

कमेन्ट गर्नुहोस्
Share: