
२२ भाद्र पोखरा । रेवान पोखराको अध्यक्षमा भिमसेन भुजेल निर्विरोध निर्वाचित भएका छन् । संस्थाको पोखरामा सम्पन्न २४ औं वार्षिक साधारणसभा एवं १३ औं अधिवेशनले उनको अध्यक्षतामा १५ सदस्यित कार्यसमिति चयन गरेको छ ।
समितिको प्रथम उपाध्यक्षमा लक्ष्मण बराल, द्वितिय उपाध्यक्षमा योगेश भट्टराई, महासचिवमा गणेश थापा, कोषाध्यक्षमा लोक गुरुङ्ग, सचिवमा विकास भट्टराई तथा सह–कोषाध्यक्षमा रोशन कार्की चयन भए । समितिको सदस्यहरुमा विश्वराज पौडेल, नरेश भट्टराई, राजेन्द्र ढकाल, भरत शर्मा, बसन्त गौतम, बैभव पौडेल र दिल श्रेष्ठ चयन भए । समितिको निर्वतमान अध्यक्षमा चौ बहादुर गुरुङ्ग रहेका छन् ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केन्द्रिय सरकारले प्रदेश मातहतमा कर्मचारी व्यवस्थापन गर्न नसक्नु संघको कमजोरी भएको बताएका छन ।यस्तै कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले आफू प्रदेशमा उपस्तिथ हुँदा प्रदेशसग केही पनि नरहेको र अहिले बिस्तारै विकास निर्माणका कार्य अघि बढेको बताए ।
उनले संघले नै संघीयताको मर्म नबुझ्दा प्रदेश अप्ठ्यारोमा परेको गुनासो गरे ।देशभित्रकै कुनै प्रदेश तथा जातीय मुद्धाबाट डराएर तथा केही जनजाति आन्दोलनबाट त्रस्त भएर सिंहदरबार डराउनुको मार अनाहकमा प्रदेशले भोग्नुपरेको उनको भनाई छ । संघीयताले अप्ठ्यारो बनाएतापनि यसको विकल्प नभएको हुँदा सफल कार्यान्वयन तर्फ लाग्नुपर्ने उनले बताए ।देशभित्रकै कुनै प्रदेश तथा जातीय मुद्धाबाट डराएर तथा केही जनजाति आन्दोलनबाट त्रस्त भएर सिंहदरबार डराउनुको मार अनाहकमा प्रदेशले भोग्नुपरेको उनको भनाई छ । संघीयताले अप्ठ्यारो बनाएतापनि यसको विकल्प नभएको हुँदा सफल कार्यान्वयन तर्फ लाग्नुपर्ने उनले बताए ।
उक्त कार्यक्रममा पत्रकार सागरराज तिमिल्सिना,इन्डोनेशियामा भएको प्याराग्लयाईडिङमा रजत पदक जित्न सफल नेपाली प्याराग्ल्याईडिङ टोलिलाई नगद २५ हजार,दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दर कुमार श्रेष्ठले लेकसाईड पोखराको मात्र नभई अन्तर्राष्ट्रिय प्रतिष्ठाको विषय भएकाले अझै पर्यटन प्रवर्द्धन गर्न सकिने सम्भावना रहेकाले तदारुकताका साथ लाग्नुपर्नेमा जोड दिएका थिए । रेवानका सल्लाहकार गणेश बहादुर भट्टराईले खेलकुदमा कसैले पनि चासो नदिएको भन्दै खेलकुदको महत्वलाई राष्ट्रले बुझ्नुपर्ने बताएका थिए ।
