
२२ भाद्र,पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनमा मोटरसाईकल तथा स्कुटर एकआपसमा ठक्कर खाँदा ५ जना घाइते भएका छन् । ग १४ प ६७०९ नम्बरको मोटरसाइकलले ग १० प ७२९१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक पोखरा १६ लामाचौरमा ३३ वर्षीय रिता थापा, ३५ वर्षीय रमा बानिया र ६ वर्षीया प्राप्ती बानिया घाइते भएका छन् ।
त्यस्तै मोटरसाइकल चालक पोखरा १५ नयाँगाउँ बस्ने २१ वर्षीया टेक बहादुर गुरुङ्ग र पछाडि सवार २० वर्षीया मनिता गुरुङ्ग घाइते भएका छन् । घाइतेहरुको पोखराको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । साथै दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेको समेत बताइएको छ ।
कमेन्ट गर्नुहोस्
