हेलिकोप्टर दुर्घटना: एक यात्री उछिट्टिए बाँचे,खोजी कार्य जारी

Share:

२३ भदौ, काठमाडौं । शनिबार बिहानदेखि हराईरहेको अल्टिच्युड एयरको हेलिकोप्टरका एकजना यात्री उछिट्टिएर बाँचेका छन्। राम्रोसँग बोल्न नसकेका उनले हेलिकोप्टर दुर्घटनाग्रस्त भएपछि आफू बाँचेको जानकारी नेपाली सेनालाई दिएका छन्। उच्च सैनिक स्रोतका अनुसार हेलिकोप्टर नुवाकोटको सामरी भन्ज्याङ दक्षिण र धादिङको बैरेनी भन्दा उत्तर दुर्घटना भएको जानकारी ती यात्रीले दिएका छन्।

‘उनले आफ्नो नाम पनि राम्रोसँग भन्न सकेका छैनन्, धेरै बोल्न सक्ने अवस्थामा पनि छैनन्’ स्रोतले भन्यो, उनले दिएको जानकारीका आधारमा त्यस क्षेत्रमा खोजी कार्य जारी छ।’ती व्यक्तिले दिएको जानकारीका आधारमा एयर अल्टिच्युडको हेलिकोप्टरले हवाई मार्गबाट खोजी जारी राखेको छ र उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टरपनि तयारी अवस्थामा छ।

क्याप्टेन निश्चल केसी पाइलट रहेको सो हेलिकोप्टरमा १ जना जापानी, ४ जना नेपाली र चालक केसी थिए।

 

कमेन्ट गर्नुहोस्
Share: