७५ वटै जिल्लामा विद्युतीय मतदान प्रणालीलाई अवलम्वन गर्ने तयारीमा

Share:

पोखरा, ३१ साउन। निर्वाचन आयोगका निर्वाचन आयुक्त डा.रामभक्त पिवी ठाकुरले दलहरुले मिति नतोक्दा स्थानिय निकायको निर्वाचन हुन नसकेको बताएका छन् । निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई छैन शनिबार पत्रकारहरु सग हुने भने– निर्वाचन आयोग तयार हुदा पनि दलहरुले मिति नतोक्दा निर्वाचन हुन सकेन । स्थानिय निकायको निर्वाचन छीटो गर्नु पर्छ भनेर निर्वाचन आयोगले सरकारलाई दवाव दिईरहेको उनले जानकारी दिए ।

मिति तोकेमा निर्वाचन आयोगले स्थानिय निकायको निर्वाचन गराउनका लागि तयार छ उनले भने– निर्वाचन आयोग तयार हुदै गर्दा पनि दलहरु आलटाल गरिरहेका छन् ।निर्वाचन आयोग वैशखमा नै स्थानिय निकायको निर्वाचन गर्न तयार रहेको तर दलहरुले मिति नतोक्दा निर्वाचन हुन नसकेको उनको भनाई थियो ।

स्थानिय निकायको निर्वाचन गर्नका लागि केहि संसोधन गर्नु पर्ने भएकोले त्यसका लागि पनि निर्वाचन आयोगले लिखित रुपमानै सरकारलाई सुझाव दिईसकेको उनले स्पष्ट पारे ।स्थानिय निकायको निर्वाचन गर्न राष्ट्रिय निर्वाचन जस्तो सजिलो नहुने उनको भनाई थियो ।

स्थानिय निकायको निर्वाचन गर्दा चरणवद्ध रुपमा गरिनु पर्दछ उनले भने– जसका कारण जनशक्ति र सरक्षा मजवुदले पु¥याउन सकियोस् । निर्वाचनका लागि आयोग सिरियस रहेकोले सरकारले मिति तोके आयोग निर्वाचन गर्न तयार रहेको उनको भनाई थियो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनियि वनाउका लागि पञ्चवर्षिय योजना समेत तयार पारेको उनले जानकारी दिए ।

निर्वाचनमा धेरै मत वदर हुने भएकोले पनि वदर मत रोक्नका लागि ७५ वटै जिल्लामा विद्युतीय मतदान प्रणालीलाई अवलम्वन गर्ने तयारीमा रहेको उनले बताए । निर्वाचनमा वदर मत आउन नदिनका लागि विद्यतीय मतदान प्रणाली अवलम्व गर्न लागिएको हो उनले भने–अव आयोगले विद्युतीय मतदानका वारेमा गाँउ गाँउमा शिक्षा दिने काममा आयोग गम्भिर भएर लाग्ने छ ।

उपनिवार्चनमा प्रयोग गरिएको विद्युतीय मतदान प्रणालीले पनि त्यस्तो देखाएकोले आयोग यसलाई फलो गर्न तयारीमा रहेको बताए । उनले गएको संविधान सभाको निर्वाचनमा केहि प्रक्रियगत त्रुटी भएको बताउदै यसलाई हटाउदै लैजानका लागि आयोग तयार रहेको जानकारी दिए । उनले विदेश रहेका नेपालीले पनि निर्वाचनमा भोट हाल्ने वातवरण वनाउका लागि अयोग लागि परेको बताए ।

विदेशमा रहेका नेपालीलाई भोट हाल्ने अधिकारबाट वञ्चित गर्नु हुन्न भन्ने आयोगको वुझाई छ उनले भने– यसलाई मिलाउनका लागि एउटा कार्यदल वनेको छ, कार्यदलको रिपोर्ट अनुसार आयोग अगाडि वढ्ने छ ।

उनले निर्वाचन गराउने जिम्मा दल वाहिरकोलाई दिए निर्वाचन गर्ने सहज हुने बताए । निर्वाचन आउनुभन्दा तीन महिन पहिला दल वाहिरको सरकार वनाएमा निर्वाचन गर्न सहज हुने गएको संविधान सभाको चुनावले पनि देखाएको छ उनले भने–दलबाहीरको सरकार भएमा सहकार्य गरेर निश्पक्ष निर्वाचन गर्न सकिने गएको सविधान सभाको निर्वाचनबाट आयोगले पाठ सिकेको छ ।

News N Photo: Prakashchandra Sapkota/ Aadarsha Samaj

कमेन्ट गर्नुहोस्
Share: