नोभा दही ‘बिग तीज, बिग धमाका’ जारी, दोस्रो दिन माया, स्वस्तिका, लक्ष्मी र रोशनी विजयी

Share:

बिग न्युज, पोखरा । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर प्रदेशकै सर्वोत्कृष्ट रेडियो विग एफएमले सञ्चालन गरेको रेडियो गेम शो ‘बिग तीज बिग धमाका’ जारी रहेको छ ।

फिस्टेल डेरी प्रालिको उत्पादन नोभा दहीसँगको सहकार्यमा सञ्चालित गेम शोको दोस्रो दिन पनि नियमानुसार चार जना विजेता बनेका छन् । उनीहरुले जनही एक हजार जिते । सही उत्तर दिएर एमएमएस गर्ने मध्येबाट रोशनी गुरुङ र स्याङ्जाकी लक्ष्मी पौडेल तथा फेसबुकमा सही कमेन्ट गर्ने मध्ये माया कार्की र स्वस्तिका भण्डारी छनौट भएका हुन् ।

पहिलो दिनसही उत्तर दिएर एमएमएस गर्ने मध्येबाट सुप्रिया ढकाल र धनुश विश्वकर्मा तथा फेसबुकमा सही कमेन्ट गर्ने मध्ये जुना राना मगर र लक्ष्मी बानियाँ छनौट भएका भएका थिए । रेडियो गेम शो मंगलबार अर्थात् भदौ २६ गते भोलिसम्म चल्नेछ ।

गेम शोमा स्रोताहरुले एसएमएस र फेसबुकमा कमेन्ट गरी सहभागिता जनाउन पाउनेछन् । यसअघि, एसएमएस गरेर मात्र सहभागिता जनाउँदै आएकोमा गतवर्षदेखि सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि मध्येनजर गर्दै फेसबुक कमेन्ट समावेश गरेको हो । फेसबुकमा व्यक्ति पहिचान हुने भएकाले महिला मात्र छनौट गरिनेछ । एसएमएस गर्नेमध्येबाट मोबाइल नम्बर छनौट गर्दा महिला पुरुष दुवै पर्न सक्नेछन् ।

दिनहुँ एउटा तीजसंग सम्बन्धित प्रश्न सोधिनेछ । रेडियोमा विभिन्न समयमा सो प्रश्न बज्नेछन् र सोहि प्रश्नको सहि उत्तर गेम शोमा सहभागी हुन चाहने स्रोताहरुले एसएमएस वा कमेन्ट मार्फत दिनुपर्नेछ । रेडियोको आधिकारीक फेसबुक पेज बिग एफएम पोखरामा पोष्ट भएको कमेन्टलाई मात्र मान्यता दिइनेछ ।

नोभा दही बिग तीज, बिग धमाकाका हरेक दिनको विजेता राति ८ः३० बजेको कार्यक्रममार्फत छनौट हुनेछन् । श्रोताहरुको सजिलोका लागि हरेक प्रश्नमा अप्शन दिईने एफएमले जनाएको छ । एसएमएस मार्फत स्रोताले आफ्नो मोबाईलको म्यासेज बक्समा गई बिआईजी स्पेश एफएम लेखी सही उत्तर ए वा बी वा सी टाईप गरी ३४३२१ मा सेन्ड गर्नुपर्नेछ । सही उत्तर दिने एसएमएसकर्ता मध्येबाट लक्की ड्र गरेर हरेक दिन दैनिक दुई जना तथा फेसबुक कमेन्टमा सही उत्तर लेख्ने मध्ये दुई महिलालाई गोलाप्रथाबाट छनौट गरी नगद एक हजार साथमा फिस्टेल डेरीबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने रेडियोले जनाएको छ ।

तीन दिनसम्म सही उत्तर दिने सबैमध्येबाट लक्की ड्र मार्फत एक जना छनौट गरी बम्पर उपहार आधा तोला सुनको गहना प्रदान गरिने कार्यक्रम संयोजक शंकर तिवारीले बताए । नोभा दहीका उत्पादक फिस्टेल डेरी प्रा.लि. मार्केटिङ म्यानेजर किर्तीराज पौडेलले यस क्षेत्रमै रेडियो इभेन्टमा नम्बर वान बनेको एफएम मार्फत तीजको कार्यक्रममा आफूहरु जोडिन पाउँदा खुशी लागेको बताए । नोभा ब्राण्डका दुध दहीहरु पोखरामा सर्वप्रिय रहेको भन्दै उनले अझै बजारीकरणका लागि रेडियोका यस्ता कार्यक्रमहरु लाभदायक हुने र महिला दिदीबहिनीका पर्वमा जोडिने राम्रो बहाना समेत मिलेको बताए ।

कमेन्ट गर्नुहोस्
Share: