रविन्द्र प्रजुको प्यानल व्यवसायी भेटघाटमा व्यस्त

Share:

रेम बिक
पोखरा, २८ भदौ । पोखरा उद्योग वाणिज्य संघको ३२ औँ महाधिवेशन नजिकिँदै गर्दा रविन्द्रबहादुर (रविन्सन) प्रजु प्यानलले व्यवसायी भेटघाटलाई उच्च प्राथमिकतामा राख्दै प्रचारलाई तिव्रता दिईरहेको छ ।

‘आर्थिक सम्बृद्धिका लागि उद्योग व्यवसायको प्रगति’ नारा दिएर उद्योग वाणिज्य संघको चुनावमा होमिएको यो समुहले व्यवसायिक हितका लागि आफ्नो प्यानललाई जिताउन व्यवसायीहरुमाझ अपील गरिरहेको छ ।

‘हामी विशुद्ध व्यवसायिक हकहित र सुरक्षाका लागि निरन्तर लागिरहेका छौँ । र, हाम्रो समुह कालान्तरसम्म यो कुराको लागि लागि नै रहनेछ ।’ पोखरा उद्योग वाणिज्य संघको आसन्न ३२ औँ महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिएका रविन्द्रबहादुर (रविन्सन) प्रजुले भने–‘म सहित मेरो प्यानलमा भएका सम्पूर्ण साथीहरुबाट व्यवसायी ढुक्क हुन सक्ने स्थिती पनि छ ।’

त्यसो त व्यवसायीहरुले पनि यो प्यानललाई नेतृत्व हातमा लिन तयार भएर बस्न हौसला प्रदान गरिरहेका छन् । घरदैलोको क्रममा व्यवसायीहरुले प्यानल उद्योग वाणिज्य संघको आगामी नेतृत्वको लागि दाबेदार भएको र धेरै व्यवसायीको साथ यहि प्यानललाई भएको बताएका छन् ।

‘व्यवसायीहरुको विश्वास हाम्रो टिमप्रति धेरै भएको मैले पाएको छु । हामीले व्यवसायीको विश्वासलाई खेर जान दिनेछैनौँ ।’ आसन्न महाधिवेशनमा वाणिज्यतर्फ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका पवन प्रजापतिले भने–‘ आगामी कार्यकालको लागि व्यवसायीहरुले करिब हामीलाई जिम्मेबारी दिईसकेका छन् । र, त्यो संस्थागत हुनमात्र बाँकी छ ।’

प्रजु प्यानल विहिबार पोखरा जिरोकिलोमिटर, मालेपाटन, प्रस्र्याङ, बागलुङ बसपार्क, हरिचोक हुँदै हेमजासम्म व्यवसायीहरु भेटघाटको लागि पुगेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: