
तनहुँ, ९ असोज। बस र माइक्रोबस आपसमा ठोक्किँदा तनहुँमा दुई जनाको मृत्यु भएको छ ।पृथ्वीराजमार्ग सडकखण्डअन्तर्गत दमौलीबाट पोखरा आउँदै गरेको बा३ख ४४४२ नम्बरको माइक्रोबस र पोखराबाट भैरहवा जाँदै गरेको ४१९४ नम्वरको बस तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिमा आपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका– ११ मुलपानी बस्ने सरस्वती कुँवर रहेकी छन् भने अर्की एक महिलाको पहिचान नखुलेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । घाइतेहरुलाई उपचारका लागि मणिपाल अस्पताल पोखरा ल्याईएको छ ।
कमेन्ट गर्नुहोस्
