फूलपातीपछि पनि बैंक खुल्ने,कहिलेबाट साट्न पाइन्छ नयाँ नोट ?

Share:

असोज १० । नेपाल राष्ट्र बैंकले हिन्दू नेपालीहरुको ठूलो पर्व दशैंलाई मध्यनजर गर्दै असोज मसान्तसम्म बैंकहरु खुल्ला राख्न निर्देशन दिएको छ ।दशैंलाई मध्यनजर गर्दै राष्ट्र बैंकले असोज ३० गते फूलपाती र ३१ गते महाअष्टमीका दिन पनि बैंक खुल्ला राख्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार असोज मसान्तमा राजस्व संकलन गर्नुपर्ने भएकाले सार्वजनिक बिदामा पनि बैंक खोल्न निर्देशन दिइएको हो । यद्यपि सर्वसाधारण नयाँ नोट साट्ने समय भने आगामी २१ गतेदेखि २९ गतेसम्मका लागि मात्रै समय तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले सर्पसाधारण आगामी २१ गतेदेखि २९ गतेसम्म शनिबार बाहेक कार्यालय समयमा सबै वाणिज्य बैंक शाखाबाट नयाँ नोट साट्न सक्ने व्यवस्था मिलाएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: