इक्यान कास्कीको अधिवेशन भोलि, सर्वसम्मतको प्रयास

Share:

पोखरा, ११ असोज । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) जिल्ला कार्यसमिति कास्कीको चौथो अधिवेशन शुक्रबार पोखरामा हुँदैछ । संघको सातौ साधारणसभा तथा चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

संघ, कास्कीका अध्यक्ष अध्यक्ष मिलन तिवारीका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । होटल सांग्रिला भिलेजमा हुने साधारणसभामा सचिव भुवन क्षेत्रीले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष रुद्रप्रसाद अर्यालले आर्थिक प्रतिवेदन पेश गर्नेछन् । इक्यान केन्द्रिय अध्यक्ष विष्णुहरि पाण्डेको प्रमुख आतिथ्यता रहनेछ ।

दुई वर्षको कार्यकाल रहने संघमा चौथो कार्यसमिति हाँक्न ईच्छुक रहनेहरु आफ्ना समूहमा कुराकानी चलाएपनि सार्वजनिक रुपमा उम्मेदवारका रुपमा घोषणा गरेका छैनन् । अध्यक्ष तिवारीले सर्वसम्मत रुपमा कार्यसमित चयन गरिने जनाए ।

काठमाण्डौं केन्द्र रहेको इक्यानको कास्की, चितवन, ललितपुर, पूर्वाञ्चल (जनकपुरदेखि बिराटनगर), रुपन्देहीमा शाखा विस्तार छ ।इक्यान कास्कीको अघिल्लो दुई कार्यसमितिमा लगातार महेश भण्डारीले नेतृत्व गरेका थिए । उनी संस्थापक अध्यक्ष हुन् ।

कमेन्ट गर्नुहोस्
Share: