
१४ असोज,पोखरा । पोखरा महानगरपालिका – ३३ बाघमारामा जिप दुर्घटना हुदाँ ४ जना घाइते भएका छन् । आइतबार बिहान ग १ य ९१८ नम्बरको स्करपिओ जिप दुर्घटना हुँदा जिपमा सवार चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
घाइते हुनेमा क्रमश बाघमाराका २८ बर्षीय सुदिप आचार्य,अन्जित गुरुङ र प्रकाश पौडेलसंगै भरतपोखरी बस्ने ४३ वर्षीय केशव भुजेल रहेका छन् । घाइते चारै जनाको पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र नमस्ते हस्पिटल बिरौटामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाईते सबैको अवस्था सामान्य रहेको छ । प्रहरीका अनुसार जिप सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।
फोटो-डिल्लीराम बरालको फेसबुकबाट
कमेन्ट गर्नुहोस्
