५० बर्षिय वृद्धालाई जबरजस्ती गर्ने पुन पक्राउ

Share:

बिग न्यूज
पोखरा, १५ असोज । ५० बर्षिया वृद्धालाई जबरजस्ती गर्ने २१ बर्षिय गोबिन्द पुनलाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ । रातिमालिका गाउँपालिका वडा नम्बर १ बस्ने पुनलाई प्रहरीले आईतबार पक्राउ गरेको हो ।

पक्राउ परेका पुनले राति मालिका १ निस्कोट छिस बस्ने ५० बर्षिय वृद्धालाई जबरजस्ती करणी गरेको आरोप छ । स्थानियले घटनापश्चात प्रहरीलाई खबर गरेका थिए । र, प्रहरीले तत्कालै पुनलाई पक्राउ गरेको थियो ।

प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भैरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: