विवेकशील साझा पार्टीले दशैं अघि तीन प्रदेशमा वृहत प्रशिक्षण गरिसक्ने

Share:

सुर्खेत । विवेकशील साझा पार्टीले दसैँअघि तीन प्रदेशमा वृहत प्रशिक्षण गरिसक्ने भएको छ । सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ मा कार्यक्रमहरू गर्ने जानकारी दिएको छ ।

यसैबीच, विवेकशील साझा पार्टीलेसुदूर पश्चिम प्रदेशमा आफ्ना सदस्यहरू तथा स्थानीय नेताहरूलाई प्रशिक्षण दिएको छ। उक्त कार्यक्रममा करिब ६०० जना पार्टी सदस्यहरू तथा नेताहरूले प्रशिक्षण लिएको विवेकशील साझा पार्टीले जनाएको छ।

कार्यक्रममा पार्टी संयोजकद्वय रवीन्द्र मिश्र, उज्वल थापा, केन्द्रीय नेताहरू रमेश पौड्याल, केशव दाहाल, सुदूर पश्चिमका संयोजक गोपाल हमालको उपस्थिति थियो।

पछिल्लो समय उत्साहजनक रुपमा सदस्यता लिँदै पार्टी प्रवेश गरेको विवेकशीलले जनाएको छ । विवेकशील साझा पार्टीका नेताहरूले जिल्लामा विभिन्न कार्यक्रम मार्फत उक्त प्रदेशका बुद्धिजीवी र नागरिक समूहलाई पनि भेटेका थिए। साथै, पत्रकारहरूसँग पनि अन्तरक्रिया गरेका थिए।

सुदूरपश्चिमको कार्यक्रम सकेर केन्द्रीय नेतृत्व कर्णाली प्रदेशका कार्यक्रमहरूको लागि निस्किएको जारी विज्ञप्तिमा उल्लेख छ । कर्णाली प्रदेशले सुर्खेतको पिपल चौतारामा आम सभा समेत गर्ने जानकारी गराइएको छ ।

तस्विरः बाह्रखरी

कमेन्ट गर्नुहोस्
Share: