तिलिचो ताल घुम्न जाने क्रममा लेक लागेर युवा व्यवसायी अधिकारीको निधन

Share:

पोखरा, ७ कात्तिक । चार दिन अघि मात्रै सपरिवार हाँसीखुशीका साथ दशैं टीका लगाएर फेसबुकमा तस्विर पोष्ट गरेका छन् युवा व्यवसायी सरोज अधिकारी । तर, आज उनी यो संसारमा छैनन् ।

दशैंको रमझम सकिएकै थिएन । दशैं नसकिँदै साथीभाइको मनाङको तिलिचोसम्म पुग्ने योजना बन्यो । पोखरा बागमारा स्थित सेती रिभर साइड रिसोर्टका सञ्चालक, लेखनाथ उद्योग वाणिज्य संघका सदस्य एवं नेपाली काँग्रेस पोखरा ३३ का सहसंयोजक समेत रहेका अधिकारी साथीहरु सहित मनाङका लागि निस्के । अधिकारीको लेक लागेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

लेकलागेर अप्ठ्यारो भएपछि बुधबार बिहान हेलिकोप्टरबाट मनिपाल अस्पताल ल्याइएको थियो । अस्पताल आउनु अगाडि नै श्वासप्रश्वासमा समस्या आई उनको निधन भइसकको बताइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवको पोस्टमार्टम गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: