
मंसिर २९, पोखरा । स्कुटरले ठक्कर दिँदा पोखरामा एकजना पैदल यात्री घाइते भएका छन् । घाइते हुनेमा पोखरा महानगरपालिका –१९ की १० बर्षिय गृष्मा पुन रहेकी छिन् । पोखरा महानरपालिका–२७ सुन्दरीबजारमा ग ५ प ५९३३ नं.को स्कुटरले ठक्कर दिँदा उनी घाइते भएकी हुन् ।
घाइते पुनलाई उपचारको लागि गण्डकी मेडिकल कलेज ल्याइएको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
