नवलपरासीमा बस दुर्घटना,एक जनाको मृत्यु,२५ घाइते

Share:

पुस ५,नवलपरासी । नवलपुरको कावासोतीमा आज बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । काकडभिट्टाबाट बुटवल जाँदै गरेको ना ४ ख ७०४६ नम्बरको बस झिनकी भणरिनिया खोलामा खसेको हो । बस खोलामा खस्दा भारतको महाराजगंज घर भएका ३५ वर्षीय गौरीशंकर धोवीको मृत्यु भएको छ ।

घाइते मध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरुले जनाएको छ । घाइतेहरुको भरतपुर, बुटवल र स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: