मैत्रिपूर्ण फुटबलमा नेपाल बंगलादेशसँग पराजित

Share:

१० भदौ, काठमाडौं । एसियाडको तयारीका क्रममा बंगलादेश भ्रमणमा गएको नेपाली फुटबल टोली पहिलो मैत्रिपूर्ण खेलमा पराजित भएको छ ।

मंगलबार दिउँसो भएको खेलमा नेपाली टोली बंगलादेशको यू-२३ टोलीसँग १-० ले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा बंगलादेशका लागि ६० औं मिनेटमा सोहेव रानाले गोल गरेका थिए । यसअघि दुबै टोलीले केही राम्रो मौका गुमाएका थिए ।

हिलाम्मे मैदानमा भएको खेलमा खेलाडीहरुलाई बल अघि बढाउन निकै गाह्रो भएको थियो । नेपालले शुक्रबार दोस्रो मैत्रिपूर्ण फुटबल खेल्नेछ ।

एसियाली खेलकुदमा २३ वर्षमुनीको टोली सहभागी हुनु पर्ने व्यवस्था छ । तर, २३ वर्षमाथिका ५ खेलाडी राख्न पाउने भएका कारण कप्तान सागर थापा नै छन् ।

कमेन्ट गर्नुहोस्
Share: