मेरिट पोखराको आयोजनामा शनिबार आर्थिक साक्षरता कार्यक्रम हुँदै

Share:

२२ पुस,पोखरा । पछिल्लो समय बढ्दै गएको आर्थिक अभावलाई दिगो समाधान दिने उद्देश्य सहित मेरिट पोखराले आर्थिक साक्षरता कार्यक्रम गर्ने भएको छ । यहि पुष २८ गते शनिबार पोखरामा हुने कार्यक्रमले पछिल्लो समयको आर्थिक तरलताका बिषयमा सहभागीलाई जानकार गराउंदै दिगो रुपमा आर्थिक साक्षरताको लागि अभिप्रेरित गर्नेछ ।

उक्त कार्यक्रममा फजुल खर्च नियन्त्रण गर्ने तरिका,आर्थिक लक्ष प्राप्ति,बचत,लगानी लगायतका बिषयमा छलफल हुने कार्यक्रम संयोजक क्षितिज तिमिल्सिनाले बताए । कक्षा ९ देखि १२ सम्मको बिद्यार्थीलाई लक्षित उक्त कार्यक्रममा फिनलिट नेपालको सहकार्य एबम ओम बिकास बैंकको सपोर्ट रहेको मेरिट पोखराका संयोजक संजय भण्डारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: