महानगरले संकलन गरेको फोहोरमा भेटियो नवजात शिशुको शव

Share:

पोखरा, २३ पुस । पोखरामा फोहोर उठाउने गाडीले संकलन गरेको फोहोरमा नवजात शिशुको शव फेला परेको छ । पोखराको बिरौटास्थित अन्नपूर्ण मार्ग र यज्ञशाला मार्गमा महानगरपालिकाको ग १ ख ८४७८ नं.को गाडीबाट आइतबार उठाइएको फोहोरमा शव फेला परेको हो ।

सोमबार बिहान सवा नौ बजे पोखरा महानगरपालिका १४ डम्पिङ साईडमा उक्त शव भेटिएको हो । फोहोरको प्रकार छुट्टाउने कर्मचारीहरुले तन्नाले बेरिएको अवस्थामा नवजात शिशुको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले घटनाका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।

FILE PHOTO

कमेन्ट गर्नुहोस्
Share: