
म्याग्दी, २३ पुस । मोटरसाइकलले ठक्कर दिँदा म्याग्दीमा एक वृद्धा घाइते भएकी छन् । घाइते हुनेमा बेनी नगरपालिका ६ जामुनाखर्ककी ७५ बर्षिया दुर्गा कुमारी हमाल रहेकी छन् । सोमबार बेनी नगरपालिका ८ कालीपुल नजिकै मोटसाइकलको ठक्करले उनी घाइते भएकी हुन् ।
कालिपुलबाट गलेश्वरतर्फ जाँदै गरेको ध १ प ८६६१ नं को मोटरसाईकलले उनलाई ठक्कर दिएको हो । घाइते हमाललाई उपचारका लागि पोखरा ल्याइएको छ । ठक्कर दिने मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
