मिटर बक्समा तार सर्ट हुँदा पोखराका राजेन्द्रको घरमा आगलागी

Share:

पोखरा, २४ पुस । मिटर बक्समा तार सर्ट हुँदा पोखरामा आगलागी भएको छ । पोखरा महानगरपालिका ११ फुलबारी स्थित भानुमार्गका राजेन्द्र बहादुर भट्टराईको कच्ची घरमा आगलागी भएको हो । मंगलबार बिहान साढे १० बजे बिजुलिको मिटर बक्समा तार सर्ट हुँदा आगलागी भएको प्रारम्भिक अनुुन्धानबाट खुलेको छ ।
आगलागीबाट दुई वटा टि.भि, एउटा ल्यापटप, एउटा आईफोन, दुईवटा दराज र दुईवटा पलङ जलेका छन् । त्यस्तै नगद ७० हजार र अन्य लत्ता कपडा गरि करिब पाँचलाख बराबरको क्षति भएको छ । प्रहरी, स्थानीय र दमकलको सहयोगमा उक्त आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

FILE PHOTO

कमेन्ट गर्नुहोस्
Share: