तनहुँमा बस ब्याक गर्दा टायरमा परेर आफ्नै १५ वर्षीय छोरोको मृत्यु

Share:

दमौली – तनहुँमा शुक्रबार बिहान आफ्नै बाबुले चलाएको बसले किचेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको बन्दीपुर गाउँपालिका–४ पिप्लेका १५ वर्षीय विश्वास थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बाबु ३१ वर्षीय बलक थापाले डुम्रे बन्दिपुर भित्रि सडक खण्डमा पिक्निक जान लागेको ग१ख ४६५८ नं को बस पछाडि गर्ने क्रममा बसले किचेर विश्वास घाइते भएका थिए ।

थापाको उपचारको क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । ठक्कर दिने बस र बाबु प्रहरी नियन्त्रणमा छन् ।

कमेन्ट गर्नुहोस्
Share: