पोखरामा शनिबार स्टाइल वार्स २०१८ अन्तर्राष्ट्रिय हिपहप फेस्टिबल हुने

308
0
Share:

पोखरामा स्टाइल वार्स २०१८ अन्तर्राष्ट्रिय हिपहप फेस्टिबल हुने भएको छ । दि सोलमेट्ज क्रियुको आयोजनामा आगामी शनिबार(मंसिर १५) गते पोखरा सभागृह हलमा उक्त फेस्टिबल हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । जसमा देशभरका प्रतियोगी सहित भारत, चीन, कोरिया, अष्ट्रेलिया लगायतका देशबाट समेत प्रतियोगिहरु सहभागी हुनेछन् । कार्यक्रममार्फत नेपालमा हिपहप कल्चरलाई दर्शाउन बिबोइङ, ग्रयाफिटि, ¥यापसेसन, डिजेइङ, लाइभ स्केटकिङ्गस् र म्युजिक समावेश गरिएको छ ।

स्टाइल वार्स मार्फत नेपालमा हिपहप कल्चरको विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको क्रियु मेम्बर प्रिन्स तुलाचनले बताए । उनका अनुसार नेपाली समाजमा बिबोइङलाइ हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छैन । त्यसैले बिबोइङको विकास सम्बद्र्धनका लागि पनि हामीले कार्यक्रमको आयोजना गरेका हौं, उनले भने । सन् २०१३ मा पोखरामा स्थापना गरिएको दि सोलमेट्ज क्रियुले विगतमा थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा सहभागिता जनाइसकेको छ । विगतमा थुप्रै कार्यक्रमहरुको आयोजना गरी अनाथ बालबालिका, महिला सशक्तिकरण र भुकम्पपिडित लगायतका अन्य सामाजिक कार्यहरुमा सघाउ पु¥याएको आयोजक क्रियुले जनाएको छ । सन् २०१७ मा ओलम्पिकमा बिबोइङलाई खेलका रुपमा समावेश गरेपश्चात क्रियुबाट २ जना प्रतियोगी ताइवान पुगी खेलमा सहभागी भएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: