फेवाबजार डटकमले ल्यायो माघ स्पेशल अफर, ५ हजारसम्म उपहार, सामान खरिदमा छुटैछुट

Share:

पोखरा । गण्डकी प्रदेशका उपभोक्तालाई अनलाईनको माध्यमबाट सेवा दिने उद्धेश्ले सञ्चालनमा आएको फेवाबजार डटकमले नयाँ स्किम अफर ल्याएको छ। फेवाबजारले सामान खरीदमा छुटैछुटको व्यवस्था गरेको जनाएको छ ।

उपभोक्ताको बदलिँदो चाहाना र ब्यस्ततालाई मध्यनजर गरी घरघरमा उपभोग्य सामाग्री पु¥याउने उद्धेश्यले माघ महिनाको स्पेशल अफर सहित सेवा प्रदान गरेको कम्पनीका सञ्चालक सुजन आचार्यले जानकारी दिए।

फेवाबजार डटकमले हरेक महिनाको ५ गतेदेखि १७ गतेसम्म नयाँनयाँ स्किम ल्याउने गरेको छ । उनका अनुसार १ हजार रुपैयाँको सामान खरिदमा ग्राहकले लक्की स्क्रयाच मार्फत ५० देखि ५ हजारसम्म नगद उपहार प्राप्त गर्ने छन् ।

फेवाबजारले विभिन्न ब्राण्डका जुत्ताहरुमा २० प्रतिशतसम्म छुट, गोनेका इलेक्ट्रोनिक्सका टिभी लगायतका सामानहरुको खरिदमा २५ प्रतिशतसम्म छुट, होम ग्लोरीका विभिन्न होम एप्लान्सेसहरुमा १५ प्रतिशत छुट, कपडामा २५ प्रतिशत छुट रहेको जनाएको छ ।

त्यस्तै, कला साहित्यका पुस्तकहरुमा १५ प्रतिशत छुट, एचटिसी मोवाइलमा ३० प्रतिशत छुट, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिक्स सामानहरु जस्तै एसी, टिभी, ल्यापटप, मोवाइल, फ्यान, हिटर, आइरनलगायतमा २५ प्रतिशत छुट रहने फेवाबजार डटकमका अध्यक्ष सुजन आचार्यले जानकारी दिए ।  त्यसैगरी, विभिन्न ब्राण्डका जुत्तामा २० प्रतिशत सम्म, टिभी, वासिङ्गमेशिन र रुम हिटरमा २५ प्रतिशत सम्म छुटको ब्यवस्था गरिएको छ।

फेवा बजार डटकमले गण्डकी प्रदेशमा सेवा सुरु गरेको पहिलो र ठूलो सपिङ्ग अनलाईन भएको दाबी गरेको छ। कम्पनीका सञ्चालक आचार्यले फेवाबजार डटकम नेपालमै बिनाधितो मासिक किस्ताबन्दीमा २० हजार देखि ५ लाख सम्म सामान बिक्रि गर्ने पहिलो कम्पनी भएको दाबी गरे।

कम्पनीले पोखरा बजार क्षेत्रमा फ्रि र बाहिरका स्थानहरुमा न्यून रकम लिएर होमडेलीभरीको ब्यवस्था मिलाएको उनले बताए।

सम्बन्धित समाचार:

फेवाबजार डटकमः अब किस्ता सुविधामा अनलाइन सपिङ

कमेन्ट गर्नुहोस्
Share: