यु-२३ मैत्रिपूर्ण फुटबल: नेपालद्वारा बंगलादेश १–० ले पराजित

Share:

ढाका, १३ भदौ / नेपालको २३ वर्षमुनिको राष्ट्रिय फुटवल टीम बंगलादेशसंगको दोस्रो मैत्रीपूर्ण खेलमा विजयी भएको छ । नेपालले बंगलादेशको २३ वर्षमुनिको टोलीलाई १–० ले हराएको हो ।

नेपालका लागि शुसील केसीले गोल गरे । रबिन श्रेष्ठको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका हुन् । जितसँगै नेपालले पहिलो मैत्रीपूर्ण खेलमा ब्यहोरेको १-० को हारको बदला पनि लिएको छ । यसअघि पहिलो मैत्रिपूर्ण खेलमा नेपाल बंगलादेशको टोलीसँग १-० गोल अन्तरले पराजित भएको थियो ।

दक्षिण कोरियाको इचोन सहरमा हुने १७ औं एशियाली खेलकुदमा नेपालको यो टोलीले यसपटक इराक कुवेत र जापानजस्ता बलिया टीमविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाल छैटौं पटक एशियाली खेलकुदको फुटवलमा सहभागिता जनाउने तयारीमा छ ।

कमेन्ट गर्नुहोस्
Share: