मोबाइल चार्ज गर्दै भिडियो हेर्दा चट्याङ परेर तनहुँमा युवतीको मृत्यु

Share:

तनहुँ । शुक्रबार राति परेको चट्टयाङका कारण तनहुँमा एक युवतीको ज्यान गएको छ । ऋषिङ गाउँपालिका १, काँहुशिवपुर सेट्टाङ घर भई ऋषिङ गाउँपालिका २ लामाश्वारा स्थित माईत आएकी २० वर्षीया मीनामाया थापाको चट्टयाङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।

मोबाइल चार्जमा राखेर भिडियो हेर्ने क्रममा चट्टयाङ पर्दा घाइते भएकी मिनामायालाई उपचारका क्रममा दमौली अस्पताल ल्याएकोमा दमौली अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतक थापाको शव दमौली अस्पतालको शवगृहमा रहेको छ । घटनास्थल सदरमुकाम दमौलीबाट बसमा करिब ४ घण्टाको दुरीमा रहेको छ ।

यसैबीच, आफै सवार ट्याक्टरले किचेर गएराती तनहुँमा एक युवकको ज्यान गएको छ । घुमाउने–दमौली सडक खण्डको भित्री बाटोमा रहेको व्यास १३ बेलबासमा ग १ ट ४६७१ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरले किच्दा गुल्मी साबिक फोक्सिङ गाविस वस्ने २० वर्षिय सुर्य नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृतक नेपाली ट्याक्टरका सहचालक हुन् । मृतकको शब दमौली अस्पतालमा रहेको छ भने चालक र ट्याक्टर प्रहरी नियत्रणमा रहेका छन्।

कमेन्ट गर्नुहोस्
Share: