धुर्मुस–सुन्तली फाउन्डेसनले यस्तो बनाउदै छ नेपालको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (तस्बिरहरु)

Share:

काठमाडौं, १६ माघ । धुर्मुस–सुन्तली फाउन्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अढाई वर्षभित्र तयार गर्ने भएको छ। रंगशाला निर्माणका लागि आवश्यक तीन अर्ब रुपैयाँ जनस्तरबाट जुटाउने फाउन्डेसनका प्रमुख सीताराम कटेलले जानकारी दिए ।

फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच बुधबार रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्वन्धी सम्झौता भएको छ । २० बिघाहा ६ कठ्ठा क्षेत्रफलमा निर्माण हुने रंगशाला २५ हजार दर्शक क्षमताको रंगशालामा ४ गेट रहने छ । मुख्य गेटको डिजाइन स्तुप रहनेछ ।

रंगशालासँगै अभ्यासका लागि २ छुट्टै अभ्यास मैदान समेत हुनेछ । यस्तै क्रिकेट एकेडमीसहितको बन्न लागेको रंगशाला परिसरमा फुटबल, स्वीमिङ, बास्केटबल, भलिबल, डण्डीबियो लगायतका खेलको मैदान समेत बन्नेछ ।

त्रिभुवन विश्वविधालयको स्वामित्वमा रहेको जग्गालाई महानगरपालिका हुँदै फाउन्डेसनलाई हस्तान्तरण गरिएको हो। रंगशाला तयार भएपछि महानगरपालिकालाई हस्तान्तरण गरिने बताए ।

कमेन्ट गर्नुहोस्
Share: