तनहुँकी कमलालाई प्रवासी नेपालीको सहयोग

Share:

१७ माघ,तनहुँ । शारीरिक रुपमा अशक्त रहेकी तनहुँकी कमला थापालाई बेल्जियम बस्दै आएका प्रवासी नेपालीहरुको समुहले आर्थिक सहयोग गरेको छ । ऋषिङ गाउँपालिका-१ झ्यापुटारमा रहेको उनकै घरमा पुगेर डिसाबिलिटी इन्टरनेशनल सोलिडारिटी फाउन्डेस नामक संस्थाले रु ४० हजार सहयोग गरेको हो ।

पोखरा-१० रामबजार बस्दै आएकी सरु पुनको पहलमा संस्थाका उपाध्यक्ष कृष्ण तिलिजा पुनले थापालाई नगद सहयोग हस्तान्तरण गरेका हुन । बेल्जियममा रहेका नेपालीहरुले स्थापना गरेको उक्त संस्थाले बेल्जियम तथा नेपालमा रहेका अपाङ्गको लागि सहयोग गर्दै आइरहेको छ । “हामिले पनि साथिहरुबाट थाहा पायौ,शारीरिक रुपमा अशक्त भएकालाई सहयोग गर्न चाहाने साथीहरुबाट नै यो सम्भव भएको हो ” हस्तान्तरण कार्यक्रममा बोल्दै फाउन्डेसनका उपाध्यक्ष पुनले भने ।

“मरो चाहाना सङ्गित क्षेत्रमा लाग्नु छ, मलाई पनि अरु जस्तै हिड्ने चाहाना छ”आँसु लिदै थापाले भनिन् । पढ्ने चाहाना भएकी कमला विधालयले भर्ना नलिदा लामो समय पढ्नबाट टाढा रहन बाध्य भएकी थिईन।२० वर्षको उमेरमा विधालय छिरेकी उनी कक्षा ७ मा भर्ना भएकी थिइन । उनी अहिले भानुभक्त्त क्याम्पसको कक्षा १२ मा अध्ययनरत छिन । “दैनिक पढन जान सक्दिन घरमै बसेर पढ्छु,परिक्षाको समयमा बुबा र साथिहरुले सहयोग गर्छन”उनले सुनाईन।

त्यस्तै सामाजिक संजाल फेसबुकमा चिनजान भई सहयोग जुटाउन सहयोग गरेकी पोखराकी पुनले आफुलाई अशक्त भएको थाहा पाए पछि सहयोगको लागी जुटेको बताइन । बहिनी साहसी छिन आफ्नो व्यथा सबै राखिन,आगामि दिनमा पनि सहयोग गर्छौ” उनले भनिन ।

कमेन्ट गर्नुहोस्
Share: