भलिबल सुन्दरी सिपोरा फेरि फिल्ममा, ‘याम्फावती दी पि्रन्सेस’ मा मुख्य भूमिका

Share:

भलिवल सुन्दरी भनेर चिनिने सिपोरा गुरुङले अब चलचित्रको पर्दामा घाँटु नाँच्ने भएकी छिन् । पोखरालाई कर्मथलो बनाउँदै आएकी सिपोराले पोखरेलीकै लगानीमा निर्माण हुन लागेको फिल्ममा काम गर्ने भएकी छिन् । ‘घलेक दी साईन अफ लभ’वाट फिल्ममा प्रवेश गरकी सिपोराले पछिल्लो पटक ‘याम्फावती दी पि्रन्सेस’ मा मुख्य भूमिका निर्वाह गर्ने भएकी छिन् ।

पहिलो प्राथमिकता भलिबल

फिल्ममा उनको उपस्थित बढ्दै गएपछि भलिबल छाडेर फिल्ममै रमाउन थालेकी हुन् कि भन्ने प्रश्नमा उनले भलिबल कहिल्यै नछोड्ने प्रतिबद्धता ब्यक्त गर्दै  भनिन् ‘मेरो पहिलो प्राथमिकता भलिबल हो भने दोस्रो फिल्म ।’

तत्काल राष्ट्रिय स्तरको कुनै गेम नभएकाले फिल्ममा अनुबन्ध भएको धारणा राख्ने सिपोराले फिल्म कुनै पनि बेला छोड्न सक्ने बताईन । ‘फिल्मको कामम कुनै पनि वेला छोड्न सक्छु तर, भलिबल आजीबन छोड्दिन ।’ उनले भनिन् ।

गुरुङको ऐतिहासिक कथा

कृष्ण कुमार गुरुङको निर्देशन रहने यस फिल्ममा गुरुङहरुको ऐतिहासिक कथा प्रस्तुत गरिने निर्देशक कृष्ण कुमार बताउछन् । उनका अनुसार गुरुङहरुको परम्परागत घाँटु नाँचमा रानी याम्फावती हुन्छे । सती जाने वेलामा यम्फावतीले मुकुट छाडेर जान्छे । यही विषयमा फिल्म केन्दि्रत छ । यसको अधिकांश सुटिङ पोखरा आशपासमा गरिने भएको छ भने प्राविधिकहरु पनि धेरैजसो पोखरेली नै छन् ।

कमेन्ट गर्नुहोस्
Share: