पेन्सन बुझ्न गएका स्याङ्जाका हेमराजको बैँक भित्रै मृत्यु

Share:

स्याङ्जा । पेन्सन लिन जिल्ला सदरमुकाम पुगेका चापाकोट नगरपालिका २ का ७५ वर्षीय हेमराज अर्यालको नेपाल बैंक लिमिटेड कार्यालयमै मृत्यु भएको छ ।

सोमबार कार्यालय भित्र पेन्सन बुझ्न पालो कुरेर बसेका अर्यालको अचानक ढलेर मृत्यु भएको साइँला छोरा कृष्णकान्त अर्यालले बताए । पेन्सन निकाल्ने र पोखरामा गई उपचार गराउन हिँड्नुभएका अर्याल मुटु र उच्च रक्तचापबाट पीडित थिए ।

पेन्सन बुझ्नका लागि पालो कुरेर उभिरहेका बेला अचानक ढलेपछि जिल्ला अस्पताल पुर्याउदा अर्यालको मृत्यु भइसकेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजकुमार लम्सालले पुष्टि गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: