
माघ २३,पोखरा । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले भोलि (बिहिबार) देशव्यापी शैक्षिक हडतालको घोषणा गरेको छ ।
संगठनका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बिकलाइ गिरफ्तारी गरि झुठा मुद्दा लगाएको बिरोधमा शैक्षिक हडतालको घोषणा गरिएको कास्की जिल्ला उपाध्यक्ष आस्था नेपालीले बिग खबरलाई जानकारी दिएकी छन् ।
संगठनले क्रान्तिकारीसंग डराएको वर्तमान सरकारले विभिन्न झुठा मुद्दा सिर्जना गरेर,षड्यन्त्र रचेर आफ्ना नेतालाई फसाउन खोजेको आरोप लगाएको छ । गैरन्यायिक गिरफ्तारी भएको भन्दै संगठनले सबैलाई सहयोग गर्न आह्वान गरेको छ ।
प्रकाण्ड पुत्र एवम अखिल (क्रान्तिकारी)का कोषाध्यक्ष बिश्वकर्मा गत १७ गते बेलुकी विराटनगर एयरपोर्टबाट पक्राउ परेका थिए । बिहिबार हुने हडतालको पुर्वसन्ध्यामा बुधबार पोखराको पृथ्वीनारायण क्याम्पस अगाडी मसाल जुलुस निकालिएको उपाध्यक्ष नेपालीले बताईन ।
