
माघ २६,पोखरा । पोखरा र आसपासका क्षेत्रमा शनिबार व्यपाक मात्रामा हिउँ परेको छ । पोखरा महानगरपालिका वडा नम्बर २३ पञ्चासे,अन्नपुर्ण गाउँपालिकाको लुम्ले र अष्टेलियन क्याम्पमा बाक्लो हिउँ परेको छ । पञ्चासेमा करिब ४ फिट र अष्टेलियन क्याम्पमा करिब १ फिट बाक्लो हिउँ जमेको छ ।
पोखराबाट नजिकै भएका कारण लुम्ले, पञ्चासे र अष्टेलियन क्याम्पमा पोखराबाट युवायुवती हिउँ खेल्न जाने क्रम सुरु भएको छ । यस्तै पोखराबाट नजिक रहेको सिक्लेस गाउँमा पनि बाक्लो हिउँ जमेको पत्रकार देवीजंग गुरुङले जानकारी दिए । बिहान ८ बजेबाट हिउँ पर्न सुरु भएको गुरुङले जानकारी दिए ।
हिउँ परेपछी गाउँ सेताम्मे देखिएको छ । हिउँ परेसँगै गाउँले र पर्यटकहरु हिउँमा रमाइरहेका छन् । एक साता अघि गाउँ माथि रिसिङ डाँडासम्म हिउँ परे पनि शनिबार भने गाउँमै हिउँ परेको हो । सरकारले सिक्लेसलाइ पर्यटकिय गाउँ घोषणा गरे पछि पर्यटकहरु बढेको र हिउँ पर्ने भएपछि अझ बढ्ने अनुमान गरिएको छ ।
सिक्लेसमा भईरहेको हिमपातका केही तस्बिर:::::
तस्बिर-बेल गुरुङ/देवीजंग गुरुङ







