
लेखनाथ १६ भाद्र / पश्चिमाञ्चल क्षेत्रिय प्रशासक दिनेश कुमार थपलियाले निजि क्षेत्रको सहभागिता विना देश विकासको सम्भावना नरहेको बताएका छन् । केहि दिन अघिमात्रै क्षेत्रिय प्रशाशकको जिम्मेवारी सम्हालेका थपलियाको स्वागत तथा सम्मानका लागि सोमवार लेखनाथ उद्योग वाणिज्य संघले अयोजना गरेको कार्यक्रममा वोल्दै निजी क्षेत्र जति वलियो भयो त्यती सरकार वलियो हुने भएकाले क्षेत्र सरकारका लागि अपरिहार्य रहेको बताए ।
निजी क्षेत्रले सामाजिक उत्तरदायित्व र खुल्ला प्रतिश्प्रर्धाको माध्यमवाट राष्ट्र निर्माणका लागि आयातलाई कम गर्ने र निर्यातलाई प्रवद्र्धन गर्दै अगाडि वढ्न सक्नुपर्ने बताए थपलियाले व्यवसायीहरु मात्र व्यापार मुखी भन्दा पनि उत्पादनशील हुनुपर्नेमा जोड दिए । लेखनाथ नगर क्षेत्रको विकासका लागि १० वर्षे, २० वर्षे र ४० वर्षे रणनितिक योजना वनाएर अघि वढ्नु पर्ने सुझाव दिदै प्रशाशक थपलियाले सरकारले सोची रहेको मेट्रो पोखराको धारणावाट छोटो समयमा पनि धेरै विकास गर्न सक्ने स्पष्ट पारे ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बावुराम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुमन भट्टराई, संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पुर्व अध्यक्ष चतुराखर अधिकारी, नगरका राजनैतिक पाटीका प्रमुख, सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिले आ आफ्नो धारणा राखेका थिए । संघका महासचिव वलराम ढकालले संचालन गरेको उक्त कार्यक्रममा धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले गरेका थिए ।
