म्याग्दीको निलगिरी हाईड्रोपावरको सडक निर्माणमा संलग्न रोल्पाका एक युवाको मृत्यु

Share:

फागुन १०, म्याग्दी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ४ मा निर्माणाधिन निलगिरी हाईड्रोपावरको सडक निर्माणमा संलग्न रोल्पाका एक युवाको मृत्यु भएको छ । मृत्यु हनेमा अन्दाजी १८/१९ वर्षीय तिलक घर्ति मगर रहेका छन् ।

उक्त हाईड्रोपावरको सडक निर्माणका लागि बलाष्टिङको होल्ड सफा गर्ने क्रममा मगर ८०/९० मिटर तल खसेका थिए । उनको घटना स्थलमै मृत्यु भएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: