
फागुन १०, पोखरा । शौचालयमा अचेत अवस्थामा फेला परेका पोखराका एक युवकको ज्यान गएको छ । बिहीबार पोखरा महानरपालिका १४ खाल्टे मसिनाका २३ वर्षीय समिर रानाभाट आफ्नै घरको शौचालयमा अचेत अवस्थामा फेला परेका थिए ।
उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पु¥याइएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भएको घोषणा गरेका छन् । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
