पोखरा उद्योग बाणिज्य संघमा पूर्ब अध्यक्षहरु पनि बिभाजित

Share:

गोकुल बानियाँ पोखरा १८ भदौ । नयाँ नेतृत्वको लागि बिन्दुकुमार थापा र सञ्जिब बहादुर कोईराला प्यानल सहित चुनाबी प्रतिश्पर्धामा उत्रिएपछि पोखराका उद्योगी ब्यबशायीमा बिभाजनको रेखा कोरिएको छ । पूर्ब अध्यक्ष, प्रतिष्ठित ब्यबशायी देखि साना ब्यबशायिक संघसंगठनमा पनि बिभाजन आएको छ ।

कोईराला र थापालाई समर्थन गर्नेहरुको छुट्टा छुट्टै समुह भएका बेला सहमतिको पक्षपाति भनिने पूर्ब अध्यक्षहरु पनि एक अर्कामा कटाक्ष गर्दै बिज्ञप्ती जारी गर्न थालेका छन् । मंगलवार सात जना पूर्ब अध्यक्षले संयुक्त बिज्ञप्ती जारी गर्दै थापाको पक्षमा भोट हाल्न अपिल गरेपछि त्यसको बिरोधमा बुधवार तीन पुर्ब अध्यक्षले अर्को बिज्ञप्ती निकाली खेद ब्यक्त गरेका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष समेत भैसकेका संघका पूर्ब अध्यक्ष आनन्दराज मुल्मी सहित दिपक श्रेष्ठ, सर्वज्ञमान प्रधानाङ्ग, सुरेशकुमार राजभण्डारी, हेमबहादुर प्रधान, राजेन्द्रकुमार लालचन र कृष्णमोहन श्रेष्ठले थापाको पक्षमा मतदान गर्न आग्रह गर्दै अपिल जारी गरेका थिए । स्थानिय पत्रपत्रिकामा बुधवार प्रथामिकताको साथ सात पूर्बअध्यक्षको अपिल आएपछि मतदाता पनि अलमल्लमा परेका थिए ।

लगतै बुधवार पूर्ब अध्यक्ष त्रय अशोक पालिखे, रमेश कर्माचार्य र मानकाजी माकाजुले बिज्ञप्ती जारी गरी सात पूर्ब अध्यक्षले जारी गरेको संयुक्त बिज्ञप्ती नियोजित, बिरोधाभाष, बिडम्बनापूर्ण र खेदजनक भएको आरोप लगाएको छ ।

पालिखे, कर्माचार्य र माकाजुले बुधवार बिज्ञप्ती निकाल्ने आनन्दराज मुल्मी, सर्वज्ञमान प्रधानाङ्ग, सुरेशकुमार राजभण्डारी, हेमबहादुर प्रधान अघिल्लो कार्यकालमा बर्तमान अध्यक्षका प्रत्यासी द्धय थापा र कोईराला बिच सहमति हुदा उपस्थित नरहेको र अघिल्लो सहमतिमा भएका बिषयमा अनबिज्ञ रहेको दाबि गरेका छन् ।

कार्यकाल दोहो¥याउने गरी पुन अध्यक्षमा उमेदवारी दिएका सञ्जिब बहादुर कोईराला प्रति लक्षित गर्दै सात पुर्ब अध्यक्षले त्यति बेला गरेको भद्र सहमति, बचनबद्धता र समझदारीको पालना गर्नु पर्नेमा सहमति तोडेर अनेक बहाना देखाउने, बखेडा झिक्ने र आरोप लगाउने काम मर्यादा र ईमान्दारितको बिपरित भएको ठहर गरेका छन् । तर पालिखे, कर्माचार्य र माकाजुले भने कोईरालाको बचाउ गर्दै बिन्दु थापाले संघको छवि गरिमा बढाउन एबं सहमति अनुसार के के ईमान्दारिता र मर्यादा पालना गरे ? प्रश्न गरिएको छ ।

उनिहरुले बिज्ञप्तीको साथमा २०६९ असोज ११ गते कोईराला र थापा बिच भएको सहमतिको प्रति समेत पुन सार्बजनिक गरेका छन् । सात पुर्ब अध्यक्षले उमेदवारी दर्ता हुनुपूर्ब सहमतिको प्रयास नगरी एक पक्षिय रुपमा बिज्ञप्ती जारी गरेको तीन पूर्ब अध्यक्षले बुधवार जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । यसअघि थापा र कोईराला बिच भएको सहमतिमा आगामी कार्यकाल कोईरालालाई दिने भन्ने उल्लेख नगरिएको छैन । तर सात थापा पक्षका पूर्ब अध्यक्षहरुले भने लिखित सहमतिको साथै कार्यकाल सुम्पने भद्र सहमति भएको जिकिर गरेका छन् ।

कोईरालाले थापालाई मनोनित सदस्यबाट प्रथम उपाध्यक्ष बनाएपनि पूरै कार्यकाल सहयोग नपाएको गुनासो गर्छन् । थापाले भने पद पाएपनि आफुलाई अबसर र जिम्मेवारीबाट बन्चित गरिएको बताउछन् ।
यसअघि सहमतिको लागि महत्वपूर्ण भूमिका खेल्दै आएका पूर्ब अध्यक्षहरु यसपटक निश्क्रिय हुदा दुईओटा प्यानल सहित उमेदवारी दर्ता भएको आरोप लागिरहेका बेला संघका पूर्ब अध्यक्ष एबं नेपाल उद्योग बाणिज्य महासंघका पूर्ब अध्यक्ष आनन्दराज मुल्मीले यसपटक अर्को सहमति गर्ने नभई पुरानो सहमति कार्यन्वयन गर्नुपर्ने भएपनि कोईरालाले वेईमानी गरेको बताए । ‘ दुई बर्ष अघिकै सहमति कार्यन्वयन गर्ने हो अहिले पुन अर्को सहमतिको आबश्यकता छैन ’ उनले भने । पोखरा उद्योग बाणिज्य संघमा एक ब्यक्ति एक कार्यकालको परिपाटी कोईरालाले तोडेको मुल्मीको आरोप छ ।

सहमतिका बेला सहभागि पूर्ब अध्यक्ष मानकाजी माकाजुले पनि सहमतिको तोड्नु राम्रो नभएको बताए । सहमति अनुसार थापाले कोईरालालाई नेतृत्व सुम्पेको र कोईरालाले पनि थापालाई प्रथम उपाध्यक्ष बनाएको तर मतपरिणमपछिको कार्यबिभाजनमा असन्तुष्टी जनाई थापाले पत्रकार सम्मेलन गर्नु गलत भएको उनले बताए । सहमति अनुसार अध्यक्ष बनाएपछि कोईरालालाई असहयोग गर्ने र अपशब्द प्रयोग गर्ने तथा तोकिएको जिम्मेवारीमा नबस्ने थापाको कदम पनि गलत भएको माकाजुको टिप्पणी छ ।

कोईराला समुहबाट उमेदवारी दिनेहरुमा बर्तमान द्धितिय उपाध्यक्ष ईश्वर कर्माचार्य, महासचिब नारायण कोईराला, उप–महासचिब हिरा भट्टराई रहेका छन् । त्यस्तै सदस्यहरु दामु अधिकारी, दिलिप सुबेदी, बिश्वशंकर पालिखे, धनिराम बराल, राम बसेल, बलराम पहारी, देबकृष्ण काफ्ले, अनिल सिग्देल र मंगल नेपाली रहेका छन् ।

थापा समुहबाट बर्तमान कोषाध्यक्ष रबिन्सन प्रजु सहित देव क्षेत्री , बिन्दु कोईराला सुबेदी, मिनराज काफ्ले, प्रकाशदेब पालिखे, दिलिपराज श्रेष्ठ, पवन प्रजापति, पुष्पराज पराजुली, जनराज पराजुली, सिता गुरुङ, नारायण पौडेल, हरिराज पन्त र गिरिधारी शर्मा रहेका छन् ।

प्राय सहमतिमा चयन हुने एक एसोसियट सदस्यमा पनि दुई जना भिड्ने भएका छन् । एसोसियट तर्फ अर्जुन पोखरेल र अमर बहादुर केसी बिच प्रतिश्पर्धा हुनेछ । संघको दुई बर्षे कार्यकालको लागि एक अध्यक्षमा दुई, १४ सदस्यको लागि २७ र एक एसोसियट सदस्यको लागि २ जना बिच प्रतिश्पर्धा हुनेछ ।

निर्बाचन कार्यतालिका अनुसार भदौ २१ गते बिहान ८ देखि दिउसो २ बजेसम्म मतदानको समय तोकिएको छ । पोखरा उद्योग बाणिज्य संघमा जम्मा २ हजार २ सय ५८ मतदाता रहेका छन् ।

 

 

 

 

कमेन्ट गर्नुहोस्
Share: