
पोखरा, १२ फागुन । आइएमएस गु्रपको आधिकारिक विक्रेता साङयोङ मोटर्सले पोखराको उत्तमचोकमा शो–रुम खोलेको छ । साङयोङ मोटर्सले पोखरेली ग्राहकलाई लक्षित गर्दै पोखराको उत्तम चोकमा साङयोङ खरिद बिक्रीका लागि शो–रुम सञ्चालनमा ल्याएको हो । शो–रुमको आइतबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, मिस नेपाल २०१२ श्रृष्टी श्रेष्ठ, आएएमएस ग्रुपका अध्यक्ष दीपक मलहोत्रा, आइएमएस ग्रुपका सिइओ दीकेश मलहोत्रा, आइएमएस मोटर्सका निर्देशक विमल सावर्थियालगायतले सामुहिक रुपमा उद्घाटन गरे ।
यसअघी काठमाडौं र बुटवलमा यसले शाखा सञ्चालन गरिसकेको साङयोङ मोटर्सको यो तेश्रो शो–रुम हो । चितवन र विराटनगरमा पनि चाँडै नै शो–रुम खोल्ने तयारी गरिएको आएएमएस ग्रुपका अध्यक्ष दीपक मलहोत्राले बताए । साङयोङ मोटर्स कोरियन लक्जरी एस.यु.भी. ब्राण्डको दक्षिण एसियाकै चौथो ठूलो अटोमोवाइल निर्माण कम्पनी भएको उनले जानकारी दिए ।
कोरियामा निर्माण भएका यी कम्पनीका गाडीहरु अति नै लक्जरियस रहेको आई.एम.एस.मोटर्सका निर्देशक विमल सावर्थियाले जानकारी दिए । उनले साङयोङ मोटर्स उत्पादनमा एडभान्स टेक्नोलोजिको प्रयोग गरिनुका साथै ईञ्जिनको गुणस्तरमा विशेष ध्यान दिइने बताए । उनका अनुसार यी गाडीहरु विभिन्न मोडलमा छन् भने कारमा लाइनअप्स लक्जरी, एसयूभीएस, पिकअप ट्रक र एमपीभिएसलगायत रहेका छन् ।
निर्देशक सावर्थियाले शो–रुम उद्घाटनको अवसरमा कुनैपनि गाडी खरिदमा २ वर्षको निःशुल्क मेन्टेनेन्स, एक्सचेञ्जमा उत्कृष्ट भ्यालुएसन, फाइनान्सको सुविधा, रोड ट्याक्स फ्रि, ६० हजार किलोमिटरसम्म ३ वर्षे वारेन्टी, ५ वर्षसम्म फ्रि सर्भिसिङ, गाडीका पार्टहरु सहुलियत दरमा प्राप्त, अन्य आवश्यक उपकरणहरु निःशुल्क र प्रत्येक टेष्ट ड्राइभमा उपहार प्रदान गरिने बताए । त्यस्तै शो–रुम उद्घाटनको अवसरमा साङयोङ मोटर्सले ‘साङयोङ सुपर सेभिङ’ र ‘जेरो मेन्टेनेन्स मूल्य’ योजनासमेत पोखरेली ग्राहकका लागि भारी छुटका साथ दिइने उनले बताए ।
साङयोङका गाडीहरु मोडल अनुसार ६५ लाख ९९ हजारदेखी १ करोड ५४ लाख ९९ हजारसम्मको रहेको ग्रुपका सिइओ दीकेश मलहोत्राले जानकारी दिए ।
खर्च गर्ने ऐन, कानून र विधी निर्माण गर्दैछौं: मन्त्री गुरुङ
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सरकारले खर्च गर्ने ऐन, कानून र विधी निर्माण गरिरहेको बताएका छन् । साङयोङ मोटर्सको पोखरा शो–रुमको आइतबार समुद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘वैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अभाव, पूँजीगत खर्च बढाउन नसकेकोलगायतका समस्या देखियो भन्ने गुनासो तपाईं उद्योगी व्यवसायीबाटै आएका छन्, हामी ति समस्या समाधानका लागि खर्च गर्ने ऐन, कानून र विधि निर्माण सरकारले गरिरहेको छ, अब छिट्टै यी समस्या समाधान हुन्छ ।’ उनले साङयोङका गाडीहरु लक्जरियस भएकाले पोखरेलीको रोजाइमा पर्ने विश्वाससमेत व्यक्त गरे ।
मन्त्री गुरुङले गण्डकी प्रदेशले पुँजी र प्रविधीलाई सँधै स्वागत गर्ने बताए । पूँजी र प्रविधिको माध्यमबाट उद्योग, कलकारखाना र व्यवसायको विस्तार गर्नेहरुलाई स्वागत गर्न प्रदेश सरकार सँधै तयार रहेको उनको भनाई थियो । पुँजी आर्जन गर्नका लागि उत्पादन गर्नुपर्ने र त्यो पुँजी चलायमान बनाउन खर्च गर्ने प्रवृत्तिको विकासपनि गर्नुपर्ने भन्दै उनले थपे,‘उत्पादन र उपभोग एक अर्कासँग अन्तरसम्बन्धित हुन्छन्, त्यसैले यो दुबै उत्तिकै आवश्यक छ ।’
आत्मर्निभर अर्थतन्त्रको विकास गर्न नसक्दासम्म व्यापार घाटा न्यूनिकरण गर्न नसकिने भन्दै उनले विश्वबजारसँग प्रतिस्पर्धा गर्ने अर्थतन्त्रको विकास गर्न देशभित्रै उत्पादन बृद्धि गर्नुपर्नेमा जोड दिए ।
नेपालका लागि आई एम एस ग्रुपको आधिकारिक विक्रेताको रुपमा साङ्गयोङ्ग मोटर्सकी सेल्स तथा अपरेशन प्रमुख सृष्टी मानान्धरसँग नया शाखा विस्तार र पोखराको बजारलाई केन्द्रमा राखेर परिचय नेटवर्कले गरेको कुराकानीः
पोखरामा यो शाखा संचालन गर्नुको उद्धेश्य के हो ?
हामीले हाम्रा उत्पादनका माध्यम वाट हाम्रा ग्राहकलाई सन्तुष्टि दिनु हो । हामीले पोखराका सवारी पारखीको चाहना वुझेका छौं । उहाहरुको नया नया सवारी प्रतिको चाखलाई पनि राम्ररी महशुस गरेका छौं त्यसैले हाम्रा यहा भएका पुराना ग्राहकहरु जो पुन नया मोडलका यहि सवारी चढ्न चाहनु हुन्छ उहाहरुलाई समेत लक्षित गरी पोखराको उत्तम चोकमा अत्याधुनिक सेवा सहितको शाखा संचालन गरेका हौं ।
पोखराको शाखाका विशेषताहरु के छन् ?
हामीले साङ्गयोङ्ग मोटरले विश्वको अरु स्थानमा जे सुविधा दिएको छ त्यो सुविधा हाम्रा प्रत्येक शाखामा दिन सक्ने क्षमतामा हामी संचालन भएका छौं । त्यसैले हाम्रा ग्राहकको कुनै पनि समस्यालाई हामी आफ्नै समस्याका रुपमा लिएर त्यसलाई समाधान गर्ने गरी शाखा विस्तार गरेका हौं । अर्को कुरा हामीले पोखराका सवारी पारखीको लागि कोरिएन विलासित सवारीमा बानी पार्नका लागि पनि यो शाखा संचालनमा ल्याएका हौं । साङ्गयोङ्ग मोट्र्स्ले “साङ्गयोङ्ग सुपर सेभिङ्ग र सुन्य मेन्टनेन्स् मूल्य” योजना पोखराका ग्राहकहरुका लागि भारी छुटका साथ प्रदान गर्छ ।
नया शाखा संचालनको अवसरमा आउने ग्राहकलाई के के सुविधाहरु छन् ?
शाखा संचालनको अवसरमा हाम्रा ग्राहकहरुले असिमित लाभ उठाउन सक्नेछन् । हामीले प्रत्येक गाडीको खरिदमा २ वर्षको कुनै पनि मर्मत तथा सर्भिसिङ खर्च निःशुल्क गरेका छौं । स्पेश मूल्य र एक्सचेन्ज गर्दा उत्कृष्ट मुल्याङकनको व्यवस्था गरेका छौं । झन्झ्ट मुक्त तरिकाले बैकिङ्गको व्यवस्था गरेका छौं त्यो पनि ११. ७२ प्रतिसतमाा, त्यस्तै फ्रि रोड् ट्याक्स् ( २०७५÷२०७६ )को ६०,००० किलो मिटर वा तिनबर्षे वारेन्टी । ५ बर्ष सम्म फ्रि सर्भिसङ्गि । गाडीका पार्टहरु सहुलीयत दरमा प्राप्त गर्न सकिने । अन्य आवश्यक उपकरणहरु निशुल्क हुने छने भने प्रत्येक टेस्ट् ड्राइभमा उत्कृष्ट उपहारको समेत व्यवस्था गरेका छौं ।
साङ्गयोङ्ग मोटरले वजारमा ल्याएका सवारीको विशेषताहरु के के छन् ?
हामीले नेपालको वजारमा विभिन्न मुल्य, सि सि र डिजाईनका पाँचवटा सवारी ल्याएका छौं । उपभोक्ताको आम्दानीका आधारमा हामीले सवारीको मुल्य र त्यसको विशेषता सहितका सवारी ल्याएका हौं । संसारका अति सुविधा सम्पन्न सवारीमा हुने सुविधा हाम्रो सबवारीमा छन् । ती वाहेक हाम्रा सवारीमा प्रत्येक सिटमा हिटिङ्ग सिस्टम सहित सवै सिटमा इएर व्याग जडान छ । जसका कारण कुनै पनि प्रतिकुल अवस्थावाट चालक र यात्रुको सहज वचावट हुन्छ । समग्रमा भन्दा हाम्रा सवारीहरु नेपालको सवै खालको बाटो तथा अवस्था हेरेर नै डिजाइन गरिएका छन् ।
कुन कुन सवारी छन् अहिले वजारमा ?
हाम्रा पाँच प्रकारका सवारी पोखराको वजारमा छन् । पीक अप जिप र चार वटा जिपहरु छन् जसमा १६ सय सि सि वाट २२ सय सि सि सम्मका प्रट्रोल र डिजल ईन्जिनमा उपलव्ध छन् । मुल्यमा पनि हामीले ५६ लाख देखी एक करोड ५५ लाख सम्मका सवारीहरु हाम्रोमा उपलव्ध छन् । हामी संसारका कुनै पनि अति सुविधा सम्पन्न कार सँग प्रतिस्पर्धा गर्न सक्ने कारलाई मात्रै वजारमा ल्याएका छौं ।
साङ्गयोङ्ग भन्ने वित्तिकै चाईनिज कम्पनी हो की भन्ने भ्रम पनि छ है ?
झट्ट नाम सुन्दा त्यस्तो लागे पनि यो कोरिएन कम्पनी हो । अझ भनौ साङ्गयोङ्ग मोट्र्स् कोरियन लक्जरी एस्.यू.भि ब्राण्डको दक्षिण एसियाकै चौथो ठूलो अटोमोबिल निर्माण कम्पनी मध्येको एक हो । यो कम्पनीले सन् १९५४ देखिनै आफ्ना उत्पादनमा एड्भान्स् टेक्नोलोजी र स्टाइलका साथै इन्जीनको गुणस्तरमा विशेष ध्यान दिदै आएको छ । यसले विभिन्न किसिमका मोडेल, लाइनअपस्हरु लक्जरीकारमा, एस्यूभिएस्, पिक्प ट्रक र एम् पि भि एस्मा विशेष ध्यान दिएको छ ।
तस्विरः परिचय


