
बिग न्यूज
पोखरा, १३ फागुन । ग्राहकको सुविधालाई मध्यनजर गर्दै पोखरा इन्टरनेटले पोखरा जिरोकिलोमिटरमा सेवा केन्द्र स्थापना गरेको छ । ग्राहकहरुले जिरो किलोमिटरको यो सेवा केन्द्रमार्फत प्राविधिक सहयोगसँगै कम्पनीले दिएका सम्पूर्ण सुविधा लिन पाउनेछन् ।
आफ्नो कम्पनीमा निरन्तर १० वर्षदेखि कार्यरत कर्मचारी मानबहादुर गुरुङको हातबाट कम्पनीले सेवा केन्द्रको शुभारम्भ गरेको हो । ‘हाम्रा कर्मचारी र ग्राहकहरुकै कारणले हामी यस क्षेत्रको अग्रणी इन्टरनेट सेवा प्रदायक बन्न सफल भएका हौँ । त्यसैले उनीहरुलाई खुशी बनाउने कुरामा हामी सदैव सचेत छौँ ।’ पोखरा इन्टरनेटका प्रमुख कार्यकारी अधिकृत सरोज कोईरालाले भने ।
कम्पनीले ग्राहकको सुविधालाई ध्यान दिँदै पोखराका अन्य स्थानहरुमा पनि सेवा केन्द्र स्थापना गर्ने बताएको छ । जिरो किलोमिटरमा सेवा केन्द्र शुभारम्भ गर्दै कम्पनीले फुलबारी, विरौटा र अमरसिंहमा पनि चाँडै सेवा केन्द्र स्थापना गर्ने बताएको छ ।
पोखरा इन्टरनेटले एउटै केबुलबाट इन्टरनेट र टेलिभिजन हेर्न सक्ने गरि ग्राहकलाई सुविधा दिईरहेको छ । सेवा केन्द्रबाट इन्टरनेट प्रयोगकर्तासँगै कम्पनीले नै यस क्षेत्रमा वितरण गरिरहेको ‘क्लियर टिभी’ सम्बन्धि सुविधा पनि लिन सक्नेछन् ।
पोखराको गैह«ापाटनमा मूख्य कार्यालय रहेको यो कम्पनीले ग्राहकहरुको सजिलोका लागि इन्टरनेट र टिभी शुल्क पनि इ–सेवामार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ ।
