रियललाई हराउँदै बार्सिलोना कोपा डेल रे फुटबलको फाइनलमा

433
0
Share:

फागुन १६ । चर्चित प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई उसैको मैदानमा हराउँदै स्पेनिस पावर हाउस बार्सिलोना कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

रियलको घरेलु मैदानमा बुधबार राति भएको दोस्रो लेगमा बार्सिलोनाले ३–० गोलको एकपक्षीय जित हात पार्यो । बार्सिलोना समग्रमा ४–१ गोलले विजयी भयो । यसअघि बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा खेलिएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । बार्सिलोनाको सानदार जितमा लुइस स्वारेजको दुई गोल गरे । स्वारेजले ५०औं मिनेटमा खाता खोलेका थिए ।

६९औं मिनेटमा बल बचाउने क्रममा रियलका राफेल भरानले आत्मघाती गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर भएको थियो । त्यसपछि ७३औं मिनेटमा बार्सिलोनाले पेनाल्टी मार्फत अर्को गोल थपेको थियो ।

रियलका क्यासेमिरोले स्वारेजलाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीलाई स्वाारेज आफैले सदुपयोग गरे । खेलमा केही राम्रा मौका पाएपनि कप्तान लियोनल मेस्सीले गोल गर्न सकेनन् । यस जितसँगै बार्सिलोनाले लगातार छैटौं पटक फाइनल यात्रा तय गरेको छ ।

लगातार चार पटक उपाधि जितेको बार्सिलोना पाँचौ उपाधि जित्ने दाउमा छ । फाइनलमा बार्सिलोनाले भ्यालेन्सिया र रियल बेटिसबीचको विजेतासँग खेल्नेछ । भ्यालेन्सिया र बेटिस आजै (बिहिबार) राति भिड्दैछन् ।

कमेन्ट गर्नुहोस्
Share: