पोखरा फर्कियो पर्यटनमन्त्री अधिकारीको परिवार

Share:

पोखरा, फागुन १६ । छोराको मृत्युको खबर सुनेर अर्धचेत अवस्थामा काठमाडौँ पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री रवीन्द्र अधिकारीका बुबाआामा पोखरा फर्किएका छन् ।

अधिकारीसहित अन्य सात जनाको शव टिचिङ अस्पतालमा पोस्टमार्टमको लागि राखिए लगत्तै बाबु इन्द्र प्रसाद अधिकारी, आमा लक्ष्मी देवी अधिकारी र उनका आफन्त बुद्द एयरको उडानबाट पोखरा फर्किएका हुन् ।

उनीहरु बिहिबार दिउँसो ३:२० बजे पोखरा विमानस्थल आइपुगेको विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: