
पोखरा, १६ फागुन । पोखरामा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकजना घाइते भएका छन् । पोखरा-११ फुलबारी भानू मार्गमा बिहिबार ग २ च ७२१७ नम्बरको जिपले ग १४ प ४६२ नम्बरको पल्सरलाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकल चालक पोखरा-१० बुद्दचोकका १८ बर्षीय हेमनारायण काफ्ले घाइते भएका छन् ।
ठक्करपछि आगलागि भई मोटरसाइकल जलेर पूर्ण रुपमा नष्ट भएको छ । घाइते काफ्लेलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको छ । प्रहरीले जिप र जिप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।
File Photo
कमेन्ट गर्नुहोस्
