काठमाडौं, भदौ १९ – एन्फा कप फुटबल प्रतियोगितामा उपाधिको अर्को दावेदार टोली नेपाल पुलिस पनि बाहिरिएको छ । प्रतियोगितामा यसअघि थ्री स्टार क्लव र मनाङ मर्स्याङ्दी क्लव पनि बाहिरिएका थिए ।
नेपाल आर्मी क्लवसँग २–० ले पराजित हुँदै पुलिस एन्फा कप फुटवलबाट बाहिरिएको छ । आर्मी भने सेमिफाइनलमा पुग्ने तेश्रो टिम भएको छ । दशरथ रंगशालामा भएको खेलमा आर्मीले ३३ औं मिनेटमा नवयुग श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । खेलको ७२ औं मिनेटमा दिपक गुरुङले आर्मीको अग्रता दोब्बर पारे ।
पुलिसल गोल फर्काउने केही मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । प्रतियोगितामा शुक्रबार सरस्वती क्लव र मोरङ फुटबल क्लव बिच खेल हुनेछ ।
कमेन्ट गर्नुहोस्
