रञ्जन अधिकारी पोखरा, १९ भदौ / जिल्ला मालपोत कार्यालय कास्कीका नायव सुब्बा कृष्णप्रसाद पनेरु सेवाग्राहीबाट घुस लिँदालिँदै विहिबार पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीको उजुरीका आधारमा दश हजार रुपैंया सहित पनेरुलाई हालसाविक फाँटबाट पक्राउ गरेको हो । तर, घुस लिएको दश हजार भने अधिकृत केशव भट्टराईको टेबलबाट बरामद भएको हो ।
पोखरा ११ फूलबारीका मनोरथ बास्तोला आÇनो जग्गाको हालसाविक गर्न एक साता अघि मालपोत कार्यालय गएका थिए । तर कर्मचारीले सिधै रकमको माग गर्दै काम नगरिदिएपछि उनी बिहीबार बिहान नयाँबजार स्थित अख्तियारको Ôेत्रीय कार्यालयमा गएर आÇनो ब्यथा सुनाएका थिए ।
‘६ आनाको जग्गा हालसाविकमा आठ आना भएपछि थप रकम आवश्यक पर्छ भन्दै १० लाख रुपैया“समेत मागेका थिए ।’ बास्तोलाले भने ‘बार्गेनिङ गर्दै १० हजारमा झारेको हु“ । ६ दिनसम्म मेरो सामान्य काम पनि नगरिदिएकाले अख्तियारमा पुग्न बाध्य भएँ ।’ जग्गाको हालसाविक नभएको र नयाँ नापी भए अनुसार २ आना जग्गा बढी देखिएको भन्दै पनेरु लगायतका कर्मचारीले बाँस्तोलासँग घुस मागेका थिए । पहिले ६ आना देखिएको बास्तोलाको जग्गा नयाँ नापीले आठ आना देखाएको थियो ।
उनले उजुरी दिएपछि प्रहरी निरीÔक सुवास पण्डित नेतृत्वको टोलीसहित मालपोतमा गएका बास्तोलाले अख्तियार कार्यालयले नै दिएको १० हजार रुपैंया पनेरुलाई दिएका थिए । अख्तियारको टोलीकै अगाडि सबै कार्य भएको अख्तियार क्षेत्रीय कार्यालयकी निमित्त प्रमुख समेत रहेकी प्रवक्ता सरीता खतिवडाले जानकारी दिईन् ।
‘उजुरी पछि प्रहरी निरीक्षकको कमाण्डमा टोली खटाईयो । बास्तोलालाई हामीले नै १० हजार दिएर साधारण भेषमा गयौं । सेवाग्राहीले दिएको पैसा पनेरुले अधिकृत केशव भट्टराईको ¥याकमा राखेर आफ्नो कक्षमा काम गर्न थाले ।’ खतिवडाले भनिन् । उनका अनुसार रंगेहात पक्राउ गरिएको यो पोखरामा पहिलो पटक हो । अर्कै व्यक्तिको कार्यकक्षमा लगेर रकम राख्नुमा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने आशंकामा अनुसन्धान भईरहेको खतिवडाले जानकारी दिईन् ।
आफ्ना कार्यालयका कर्मचारीको पक्राउपछि मालपोत कार्यालयका प्रमुख दीर्घनारायण पौडेलले कोहि व्यक्ति नभएको टेबलको ¥याकबाट १० हजार भेटिएको र अनुसन्धानका लागि अख्तियारले लिएर गएको प्रतिक्रिया दिए । उनले यस्तो कार्य कुनै हालतमा स्वीकार्य नभएको बताउँदै कर्मचारीहरुको आचरण सुधारमा ध्यान दिने बताए ।
पक्राउ परेका पनेरुलाई विहिबार थुनुवा पूर्जी जारी गरिएको र उनलाई निलम्बन गरी विगो १० हजार, विगो बराबरको जरिवाना गरी कूल २० हजार धितो लिई थप अनुसन्धान गरिने उनले बताईन् । भ्रष्टाचार निवारण ऐनको दफा ३, १ (क) बमोजिम २५ हजार रुपैंयासम्म घुस लिएको प्रमाणित भएमा तीन महिना सम्मको कैदको व्यवस्था छ ।
अख्तियार कार्यालय प्रवक्ता खतिवडा र मालपोत कार्यालय प्रमुख पौडेल दुवैले पत्रकारलाई घुस लिने दिने कार्यलाई निरुत्साहित गर्न भूमिका खेल्न आग्रह गरे । उनीहरुले सेवाग्राही आफै पनि सचेत बन्दै घुस दिने प्रवृत्ति अन्त्य गर्न आग्रह गरेका छन् ।
Photo: ganthan.com
