तरकारी ढिलो पकाएको निहुँमा श्रीमतीलाई गोली हान्ने श्रीमान पक्राउ

Share:

बागलुङ, फागुन १९ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ्गमा घरायसी विवाद हुँदा श्रीमतीलाई गोली प्रहार गरी फरार रहेका श्रीमान पक्राउ परेका छन्।

श्रीमतीलाई गोली प्रहार गर्ने दर्लिङ्ग–७ पात्लेका ३५ वर्षिय चन्द्रबहादुर घर्तीलाई प्रहरीले उनकै घरबाट शनिबार पक्राउ गरेको हो। घर्तीले तरकारी ढिलो पकाएको निहुँमा झगडा हुँदा श्रीमति बालकुमारी घर्तीलाई बरुवा बन्दुक प्रहार गरी घाईते बनाएका थिए।

विहिबार मादक पदार्थ सेवन गरी घरमा आएका चन्द्रबहादुरले तरकारी ढिलो पकाएको भन्दै झगडा निकाले पछि भनाभन हुँदा उत्तेजनामा आएर बन्दुक प्रहार गरेको घाईते बालकुमारीले प्रहरीसँग बयान दिएकी थिइन्।

गोली प्रहार पछि फरार रहेका घर्तीलाई उनकै घरबाट पक्राउ गरेर जिल्ला चलान गरेको प्रहरीले जनाएको छ । घाईते बालकुमारी र उनका श्रीमान दुवैलाई आवश्यक अनुसन्धानको लागि जिल्ला पठाईएको छ।

यो पनि पढ्नुहोस : तरकारी पकाउन ढिला गरेको भन्दै श्रीमतीमाथि गोली प्रहार

कमेन्ट गर्नुहोस्
Share: