प्रथम वेगनास कपको उपाधी सैनिकलाई

Share:

पोखरा, फागुन २०। महाशिवरात्रीको अवसरमा आयोजित वेगनास ताल किनारमा सम्पन्न प्रथम सेभेन ए साईड वेगनास कपको उपाधी सैनिकले जितेको छ।

सोमबार सम्पन्न फाईनल खेलमा फोर टु फाईभ माथी शुन्यका विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै सैनिकले उपाधी जितेको हो। पहिलो हाफ गोल रहित वरावरीमा रहेको खेलमा दोश्रो हाफको केही मिनेटमै डि बक्सवाट त्रिदेव गुरुङले गोल गरेपछी सैनिकले खाता खोलेको थियो।

क्याप्टेन भिसन गुरुङको पासमा खेलाडी वेल प्रसाद गुरुङले अर्को गोल थप्दै अग्रता दोब्बर वनाएका थिए। दवावमा रहेको फोर टु फाईभ माथी सैनिकका त्रिदेव गुरुङको अर्को प्रहार गोलमा परिणत हुंदा फोर टु फाईभ स्तब्ध बनेको थियो।

उपाधी संगै सैनिकले नगद रु १ लाख ५५ हजार ५ सय ५५ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। फोर टु फाईभले नगद रु ५५ हजार ५ सय ५५ सहित ट्रफी मेडल र प्रमाणपत्र सहित उप विजेतामा चित्त वुझाएको छ।

सोमबार नै सम्पन्न तेश्रो उपाधी मेरो नेपाल युवा क्लव मझेरीपाटनले जितेको छ। आयोजक वेगनास लाई पेनाल्टी सुट आउटमा ३-२ को नतिजा निकाल्दै रु १५ हजार ५ सय ५५ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। म्यान अफ दि म्याचमा वेगनासका प्रदिप गुरुङ वने।

प्रतियोगितामा नगद रु ८ हजार सहित उत्कृष्ट खेलाडीको उपाधी सैनिकका त्रिदेव गुरुङले हात पारे। नगद रु ५ हजार सहित उत्कृष्ट डिफेन्स फोर टु फाईभका रवि थापा मगर, उत्कृष्ट प्लेमेकर फोर टु फाईभका बिजय श्रेष्ठ, उत्कृष्ट गोल रक्षक सैनिकका रोमन थापा मगर र उच्च गोल कर्ताको उपाधी नेपाल मुस्लिम एफ सि का अभिनास तामाङले हात पारे।

त्यस्तै अनुशासित टिमको उपाधी सिर्जना बहिरा मावीले प्राप्त गरेको छ। म्यान अफ दि म्याच सैनिकका वेल प्रसाद गुरुङले हात पारे।

कमेन्ट गर्नुहोस्
Share: