
पोखरा, फागुन २१ । पोखरामा मंगलबार पनि प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जनाका मृत्यु भएको छ । दुर्घटनामा परेका प्याराग्लाइडरको उपचारको क्रममा मेट्रोसिटी अस्पतालमा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।
रसियन नागरिक विएमआइ जिभिआइएलको दुर्घटनामा परी मृत्यु भएको हो। सराङकोटबाट उडेको केहिबेरमा नै उनी दुर्घटनामा परेका हुन् । उनको उपचारको क्रममा मध्यान्ह १२ बजे मृत्यु भएको हो ।
उनले सराङकोट करिब ११:२५ मा उडान भरेका थिए । यसैबीच पोखरामा लगातार तीन दिन प्याराग्लाइडिङ हुँदा दुई जनाको मृत्यु भएको छ। गत फागुन १९ गते आइतबार रोमानियाका इबि चिसजिरले उडाएको प्याराग्लाइडिङ फेवातालमा खसेर उनको मृत्यु भएको थियो ।
त्यस्तै सोमबार पनि कास्कीकै माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा र मादी गाउँपालिकाको छाचोकमा दुर्घटनामा परेका थिए । उनीहरु भने सामान्य घाइते भएका थिए ।
