रञ्जन अधिकारी पोखरा, २१ भदौ / लागूपद्धार्थ दुव्र्यनीको संख्या दिननानुदिन बढ्दै गएको छ । गृहमन्त्रालयको तथ्यांकअनुसार नेपालमा पछिल्लो आधा दशकमै लागूऔषध प्रयोगकर्ताको संख्या दोब्बरले बढेको छ । २०६३ सालमै कडा लागूपद्धार्थ दुव्र्यसनीको संख्या जम्मा ४६ हजार रहेकोमा हाल १ लाख कटिसकेको अवस्था छ । तथ्यांक अनुसार २०६९ सालमा नै प्रयोगकर्ताको संख्या ९२ हजार पुगिसकेको थियो । यसरी भयावह किसिमले संख्या बढेसँगै यसको नियन्त्रणमा सरकारलाई चूनौति पनि थपिएको छ ।
लागूऔषध प्रयोगका लागि संवेदनशील मानिएको बसपार्क र सुकुम्बासी क्षेत्रमा लक्षित गरी पोखरा ९ स्थित शिवटोल टोलविकास संस्था र प्रगतिशिल आमा समूहले ‘बढ्दो लागूपद्धार्थ दुव्र्यसन न्यूनिकरणमा टोल विकास संस्था र आमा समूहको भूमिका’ विषयमा प्रशिक्षण तथा अन्र्तक्रिया कार्यक्रम आयोजना ग¥यो । पोखरा ९ स्थित विभिन्न टोलविकास संस्था र आमा समूहका सदस्य सहभागी रहेको कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोकका सहसचिव धर्मराज आचार्य, प्रहरी सहायक निरीक्षक सीता अधिकारी र कम्युनिटी सपोर्ट गुरुङका सुजन गुरुङले सहजीकरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि कम्युनिटी सपोर्ट ग्रुपका निर्देशक दिलिप गुरुङले लागूऔषध दुव्र्यसनमा फसिसकेकालाई सिएसजी जस्ता पुनस्र्थापना केन्द्रमा उपचारको खाँचो रहेको भन्दै प्रयोग सुरु गरेका र यसमा नलागेकालाई जोगाउनुपर्नेमा जोड दिए । उनले परिवारको माया नपाउँदा संगतले पनि कुलतमा फस्ने भएकाले परिवारले विशेष सतर्कता अपनाउनुपर्ने बताए ।
विशेष अतिथि सहारा क्लब पोखराका अध्यक्ष वीरभद्र आचार्यले सहारा पनि सुरुका चरणमा यस्तै गतिविधि नियन्त्रणमा लागेको स्मरण गर्दै समन्वय गर्दै अघि बढ्ने बताए ।
शिवटोल विकास संस्थाका अध्यक्ष भिमबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा गणतान्त्रिक टोल विकास संस्थाका अध्यक्ष भिमबहादुर नेपाली, नागढुंगा टोलका अध्यक्ष मथुरा गिरी, कृष्ण टोलका सचिव प्रेम गुरुङ, पार्वती टोलका सहसचिव विकास विक लगायतले बोलेका थिए । प्रगतिशिल आमा समूहकी अध्यक्ष टीकाकुमारी गुरुङले स्वागत गरेको कार्यक्रमको सचिव पूर्ण गुरुङले सञ्चालन गरेका थिए ।
यसैबीच, पोखरा ९ क्षेत्रका विभिन्न टोल विकास संस्था र आमा समूहले टोलमा लागूऔषध प्रयोग हुन नदिन सामुदायिक प्रहरीसँग विशेष अनुरोध गर्दै सबैको प्रतिनिधित्व रहने गरी एक समिति गठन गर्ने सहमति पनि गरेको सचिव गुरुङले जानकारी दिए ।
