
फागुन २३, म्याग्दी । म्याग्दीमा झण्डै तीन साता अघिबाट हराइरहेकी एक वृद्धा मृत अवस्थामा फेला परेकी छन् । अन्नपुर्ण गाउँपालिका ३ फगामकी ७६ वर्षीय सावित्री सुवेदी बिहीबार मृत फेला परेकी हुन् ।
उनी गत फागुन ४ गते देखी आफ्नै घरबाट हराएकी थिइन् । आफन्तहरुले खोजतलास गर्दै जाने क्रममा फगाम माथिको सामुदायिक जङगलमा उनको शव भेटिएको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
